खाडी द्वन्द्वको असर : काठमाडौंमा रहेको विमान कम्पनीको कार्यालयमा यात्रुको भिड

सुशील श्रेष्ठ
२०८२ चैत्र २ गते १२:१४ | Mar 16, 2026
खाडी द्वन्द्वको असर :  काठमाडौंमा रहेको विमान कम्पनीको कार्यालयमा यात्रुको भिड


काठमाडौं। खाडी क्षेत्रमा लम्बिरहेको युद्धको कारण नेपालबाट बाहिर जाने यात्रुहरुको उडान अनिश्चित भइरहेको छ।

Vigo
GBIME
Tata

खाडी मुलुकहरुको हवाई क्षेत्र अस्थायी रुपमा बन्द भएपछि नेपालबाट विदेशी भूमिमा जाने उडानहरु अनिश्चित भएको हो।

अहिले खाडी लगायत अन्य देश जाने हजारौं यात्रुहरु काठमाडौंमा रहेको विमान कम्पनीको कार्यलयमा बिहानैदेखि लाइन लागिरहेका छन्।

द्वन्द्व सुरु हुनु अघिनै टिकेट काटेर बसेका यात्रुहरु विमान कम्पनीहरुको कार्यालय धाउन बाध्य भएका छन्।

नेपालका लागि विभिन्न विमान कम्पनीको जनरल सेल्स एजेन्ट (जीएसए) को कार्यलयमा दैनिक सयौं यात्रुहरु टिकट रिसेडुल, रिफन्ड र उडानको जानकारी लिन पुगिरहेका छन्।  

अहिले खाडी मुलुकको कतार, दुबई र साउदीमा सीमित उडान भइरहेको छ।