मतदानमा ती उम्मेदवार, जसले पाएनन् आफैंलाई भोट हाल्न (तस्बिरहरु)

बिजमाण्डू
२०८२ फागुन २१ गते १०:२४ | Mar 5, 2026
मतदानमा ती उम्मेदवार, जसले पाएनन् आफैंलाई भोट हाल्न (तस्बिरहरु)


काठमाडौं। उम्मेदवारी दिएका क्षेत्र र आफ्नो मतदाता नामावली फरक भएका उम्मेदवारहरुलाई मतदान र आफ्नो निर्वाचन क्षेत्र पुगेर मतदातालाई सम्झाउन हतारो परेको छ। आफूले आफैंलाई मतदान गर्न नपाएकाहरु बेलैमा मतदानमा सहभागिता जनाएर आआफ्नो निर्वाचन क्षेत्रतर्फ लागेका छन्।

Vigo
GBIME
Tata

कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायतलाई यस्तो परेको हो। निकै थोरै उम्मेदवारहरु फरक क्षेत्रमा मतदाता नामावली भएकाहरु छन्।

सर्लाही-४ बाट उम्मेदवार कांग्रेस सभापति थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट भोट खसालेका छन्। चितवन-२ बाट उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल मतदान केन्द्रमा मतदान गरे। झापा-५ बाट उम्मेदवार रास्वपाका शाहले काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विनायक स्कुल केन्द्रमा मतदान गरे।

रुकुम पूर्वबाट उम्मेदवार रहेका नेकपा संयोजक दाहालले चितवनको भरतपुर-१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र ‘क’ बाट मतदान गरे।