पुनर्निर्माणपछि संचालनमा आयो महाराजगञ्जस्थित भाटभटेनीको आउटलेट (तस्बिरहरू)



बिजमाण्डू
२०८२ फागुन १४ गते ११:२७ | Feb 26, 2026
पुनर्निर्माणपछि संचालनमा आयो महाराजगञ्जस्थित भाटभटेनीको आउटलेट (तस्बिरहरू)

काठमाडौं। महाराजगञ्जस्थित भाटभटेनी सुपरस्टोरको आउटलेट बिहीबारदेखि संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभर १२ आउटलेटमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो। जसमध्ये महाराजगञ्जस्थित आउटलेट पनि एक थियो।

उक्त आउटलेट पुनर्निर्माण गरी संचालनमा ल्याइएको छ। व्यवस्थापनले बिहीबारदेखि सर्वसाधारणलाई किनमेलका लागि खुला गरेको हो।

सो क्रममा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मुलुकले बेहोरेको अनपेक्षित घटनामा भाटभटेनी पनि आहत भएको बताउँदै शोक गरिरहनुभन्दा शून्यबाट उठ्नु नै उत्तम विकल्प भएको बताए।

भाटभटेनी व्यवस्थापनले जेनजी आन्दोलनको निसाना पारेर बन्द अन्य आउटलेट पनि छिटै संचालनमा ल्याउन काम भइरहेको जनाएको छ। क्षति पुगेका आउटलेटमध्ये काठमाडौं कोटेश्वरस्थित सुपरस्टोर यसअघि नै पूर्ण क्षमतामा संचालनमा आइसकेको छ।