जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभाका लागि मञ्च तयार, १०० पार र गगन सरकारको नारा (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ फागुन ६ गते १२:३० | Feb 18, 2026
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभाका लागि मञ्च तयार, १०० पार र गगन सरकारको नारा (तस्विरहरु)


जनकपुर । नेपाली कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा आयोजना गर्दैछ। सभा आयोजना हुने स्थलमा अहिले तयारी लगभग पूरा भएको छ।

Vigo
GBIME
Tata

नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र (घोषणा पत्र) सार्वजनिक गरिनेछ।

सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

मधेशका सबै जिल्लाका कांग्रेस सभापतिहरुले पनि सभामा सम्बोधन गर्दैछन्। यो सभालाई कांग्रेसले शक्ति प्रदर्शनका रुपमा प्रस्तुत गर्न खोजेको छ।

काठमाडौंबाट पनि ठूलो संख्यामा कांग्रेस कार्यकताहरु जनकपुर पुगिरहेका छन्। युथ कांग्रेसको सहजीकरणमा धेरै युवाहरु जनकपुर पुगिरहेका छन्।

प्रतिज्ञा सभामा मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरि १ लाखभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

सभा आयोजना हुने मञ्चमा पूर्व सभापतिहरुको तस्विर पनि राखिएको छ। बोर्डमा पूर्व सभापति शेरबहादुर देउवाको तस्विर पनि राखिएको छ। त्यस्तै, विमलेन्द्र निधीका पम्पलेटहरु पनि सभास्थलमा टाँसिएका छन्।