हिउँ पर्‍यो फुरुरु हिमाली भेगैमा… उच्च पहाडी भेगमा वर्षासँगै हिमपातले बढ्यो चिसो (तस्बिरहरु)



बिजमाण्डू
२०८२ माघ १४ गते १४:४० | Jan 28, 2026
हिउँ पर्‍यो फुरुरु हिमाली भेगैमा… उच्च पहाडी भेगमा वर्षासँगै हिमपातले बढ्यो चिसो (तस्बिरहरु)
डोल्पाको जगदुल्ला-२ काइगाउँमा हिउँ परेपछि चौपायालाई न्यानोतर्फ लग्दै स्थानीय।

मुलुकका उच्च पहाडी भेगमा बुधबारदेखि हिमपात वर्षा भएको छ। हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, म्याग्दी, पूर्वी रुकुम लगायतका हिमाली जिल्लामा हाल वर्षा र हिमपात भएको हो।

Tata
GBIME
Nepal Life

मौसम प्रणाली सक्रिय भएसँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो भने तल्लो क्षेत्रमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। हिमपातका कारण ती जिल्लाका उच्च स्थान सेताम्य बनेका छन्, जसले चिसो बढाएको छ।

डोल्पाको जगदुल्ला-२ काइगाउँ। गत मंगलबार रातिदेखि तल्लो डोल्पा र माथिल्लो डोल्पामा भारी हिमपातले जनजीवन कष्टकर भएको छ।

स्थानीय बासिन्दाका अनुसार हिमपातले तापक्रम घटेपछि जनजीवन प्रभावित भएको छ। विशेषगरी यातायात, हवाई सेवा र दैनिकी कामकाजमा केही अवरोध देखिएको छ।

डोल्पाको जगदुल्ला-२ काइगाउँका घरको छानोमा परेको हिउँ पन्छाउँदै।

पहाडी बाटो चिप्लो हुँदा आवतजावतमा कठिनाइ बढेको छ भने हिमाली क्षेत्रमा पशुपालन र दाउरा–घाँस संकलनमा समस्या आएको छ।

डोल्पाको जगदुल्ला-२ काइगाउँ।

यद्यपि यो वर्षा र हिमपातलाई किसानहरूले भने सकारात्मक रूपमा लिएका छन्। लामो समयको सुख्खापछि परेको पानी र हिउँले माटोमा चिस्यान बढाउने, बालीका लागि लाभदायी हुने र हिमनदी तथा मुहानमा पानीको स्रोत थपिने अपेक्षा गरिएको छ।

डोल्पाको जगदुल्ला-२ काइगाउँमा भएको हिमपात।

मौसमविद्हरूले केही दिन मौसम यस्तै रहने सम्भावना रहेको जनाएका छन्। (तस्बिरहरु : रासस)

डोल्पाको जगदुल्ला-२ काइगाउँ।
हुम्लाको सदरमुकाम सिमकोट।
हिउँले सेताम्म्य हुम्लाको सिमकोट।
रुकुम पूर्व र बागलुङको सिमानास्थित पातिहाल्ना। यहाँ हिमपातका करण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
मुस्ताङको लोमन्थाङ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी गाउँ।
मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बलको टोली।
म्याग्दीको धवलागिरि-१ गुर्जागाउँमा भएको हिमपात। गुर्जामा यस वर्ष दोस्रो पटक हिमपात भएको हो।