प्रोभिजनिङ बढ्दा अधिकांश बैंकको नाफा संकुचित, १३.११% खुम्चियो, ५ वटाले भने बढाए



बिजमाण्डू
२०८२ पुष २९ गते १८:४४ | Jan 13, 2026
प्रोभिजनिङ बढ्दा अधिकांश बैंकको नाफा संकुचित, १३.११% खुम्चियो, ५ वटाले भने बढाए

काठमाडौं। ऋण असुली प्रभावित हुँदा वाणिज्य बैंकहरूको नाफामा संकुचन आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको नाफा १३.११ प्रतिशतले खुम्चिएको हो।

Tata
GBIME
Nepal Life

वाणिज्य बैंकहरूले साउनदेखि मंसिरसम्म २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले ३० अर्ब ५९ करोड रुपैयाँ मुनाफा कमाएका थिए।

ऋण असुली प्रभावित भइ बढेको नोक्सानीले नाफा घटेको बैंकरहरु बताउँछन्। साथै कर्जा लगानी बढाउन नसक्दा थुप्रिएको निक्षेपले बैंकहरुको लागत बढेको छ।

चालु वर्ष पहिलो पाँच महिनामा २० मध्ये १४ बैंकको नाफा खुम्चिंदा ५ बैंकले बढाएका छन्। कृषि विकास बैंकको विवरण सार्वजनिक भएको छैन।

सानिमा, माछापुच्छ्रे, सिद्धार्थ, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले नाफा बढाएका छन्। राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै २६.४४ प्रतिशतले बढेको छ। माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १.९५ प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमई बैंक छ। ग्लोबलले ३ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ।

कुन बैंकको नाफा कति ?

बैंक२०८२/८३ साउन-मंसिर (नाफा १० लाखमा)२०८१/८२ साउन-मंसिर (नाफा १० लाखमा)फरक (प्रतिशत)
नबिल३,११७.७१३,४९७.४१-१०.८६
एभरेष्ट१,८९६.८५१,९४०.२६-२.२४
माछापुच्छ्रे८४३.५५८२७.४४१.९५
कुमारी१,५२४.७९१,९९३.२२-२३.५
सिद्धार्थ१,००१.७९९७९.०४२.३२
सिटिजन्स२४३.७६६९४.९४-६४.९२
कृषि विकास४१७.१
एनएमबि१,६५५.७८१,९०६.४४-१३.१५
सानिमा१,०६२.८७९०४.१२१७.५६
हिमालयन१,१३१.५९१,३३७.११-१५.३७
प्रभु१,१६७.४११,८३८.४२-३६.५
ग्लोबल आइएमई३,२२२.६०२,८३४.४४१३.६९
लक्ष्मी सनराइज९२६.६३१,६४०.७०-४३.५२
नेपाल एसबिआइ९०४.७७१,३४८.७२-३२.९२
नेपाल ५९०.४७१,५१५.७८-६१.०५
प्राइम१,९२५.९४१,९६८.९३-२.१८
स्टान्डर्ड चार्टर्ड१,१६३.७०१,३७४.५४-१५.३४
एनआइसी एशिया५९४.५६३३.४-६.१४
नेपाल इन्भेष्टमेन्ट१,२३२.४०२,४९१.०७-५०.५३
राष्ट्रिय वाणिज्य१,०९६.४९८६७.१९२६.४४
जम्मा२५७२१३०,५९३-१३.११
स्रोत : राष्ट्र बैंक