सुनको मूल्य फेरि बढ्दै तोलाको २ लाख ६० हजारभन्दा माथि, चाँदी पनि महँगियो



बिजमाण्डू
२०८२ पुष ३ गते ११:१० | Dec 18, 2025
सुनको मूल्य फेरि बढ्दै तोलाको २ लाख ६० हजारभन्दा माथि, चाँदी पनि महँगियो

काठमाडौं। लगातार उच्च बनेको सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ। सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी ४ हजार ८० रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

सुन अघिल्लो दिनका तुलनामा ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो। बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सय रुपैयाँ भएको थियो। मंगलबारका तुलनामा बुधबार पनि ७ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

गत मंसिर २९ मा २ लाख ६० हजार ७ सय पुगेको सुन भोलिपल्ट १ हजार ७ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। समग्रमा बढोत्तरीको गतिअनुसार मूल्यमा गिरावटको गति सुस्त छ। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो भएको चाप स्थनीय बजारमा परेको छ।

चाँदीले मूल्यको बढोत्तरीमा अस्वाभाविक कीर्तिमान बनाइरहेको छ। बिगतमा सुनको भाउ उच्च हुँदा पनि तुलनात्मक पमा चाँदी बढ्ने गरेको थिएन। यसपटक सुन सँगसँगै चाँदीको भाउ उच्च भइरहेको छ। गत मंगलबार तोलाको ३ हजार ८ सय ८५ रहेको चाँदी बुधबार १७० रुपैयाँ बढेर ४ हजार ५५ रुपैयाँ भएको थियो। त्यसमा २५ रुपैयाँ बढेर बिहीबार ४ हजार ८० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४३३६.६६ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ६६.५५ डलर छ।