सोमबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आज घट्यो, चाँदीको भाउ बढ्यो



बिजमाण्डू
२०८२ पुष १ गते ११:२३ | Dec 16, 2025
सोमबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आज घट्यो, चाँदीको भाउ बढ्यो

काठमाडौं । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार घटेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनको भन्दा आज सुन तोलामा १हजार ७०० रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला २ लाख ५९ हजार रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुन तोलामा एक हजार ९०० रुपैयाँले बढ्दै प्रति तोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार सुन प्रति तोला २ लाख ५८ हजार ८ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य बढेर प्रति तोला ३ हजार ८८५ रुपैयाँ पुगेको छ। चाँदी तोलामा १५ रुपैयाँ वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दा यसको प्रभाव स्थानीय बजारमा पनि देखिएको हो। मंगलबार सुनको मूल्य घटेर प्रतिऔंस ४२९१.४९ डलर र चाँदी प्रतिऔंस ६३.०२ डलर छ।

सोमबार सुनको मूल्य बढेर प्रतिऔंस ४३२६.८१ डलर र चाँदी प्रतिऔंस ६२.६३ डलर थियो।