चाँदीको भाउ उच्च विन्दुमा, सुनको मूल्यमा प्रति तोला दुई सयको बढोत्तरी



बिजमाण्डू
२०८२ मंसिर २४ गते ११:२८ | Dec 10, 2025
चाँदीको भाउ उच्च विन्दुमा, सुनको मूल्यमा प्रति तोला दुई सयको बढोत्तरी

काठमाडौं। लगातार उच्च भएको सुनचाँदीको कारोबार मूल्य बुधबार पनि बढेको छ। सुन तोलामा दुई सय रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय बजारमै कारोबार मूल्यमा उछाल आउँदा चाँदी हालसम्मकै उच्च मूल्यमा पुगेको छ।

Tata
GBIME
Nepal Life

सुनको भाउ बुधबार प्रति तोला २ लाख ५२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँ थियो।

गत आइतबार तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ थियो। सोमबार ७ सय बढेको थियो भने मंगलबार एक हजार घटेर कारोबार मूल्य कायम भएको थियो।

चालु महिनाको प्रारम्भमा सुन तोलाको २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो। उक्त मूल्यका तुलनामा बुधबारको ८ हजार ८ सय रुपैयाँ बढी हो।

चाँदी बढ्दै कारोबार मूल्य प्रति तोला ३ हजार ७ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा १५० रुपैयाँ बढेको हो। मंगलबार तोलाको ३ हजार ६ सय रुपैयाँ थियो।

गत आइतबार चाँदी तोलाको ३ हजार ६ सय ५ रुपैयाँ पुगेको थियो। सोमबार २० रुपैयाँ घटेको थियो भने मंगलबार १५ रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। चालु महिनाको प्रारम्भमा चाँदी तोलाको ३ हजार ९० रुपैयाँ थियो। सुन सँगसँगै चाँदीको भाउ पनि बलियो भएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४२०४.६ डलरले कारोबार भइरहेको छ। एक दिनमा सुनको मूल्यमा २.५२ डलरको गिरावट छ।

चाँदी भने बढ्दै प्रति औंस ६१.०४ डलर पुगेको छ। एक महिनामा चाँदी प्रति औंस ९.४३ डलर बढिसकेको छ।