चार महिनामा भित्र्याइयो १६.१५ अर्बको स्मार्ट फोन, १.३९ लाख थान कात्तिकमा आयात



बिजमाण्डू
२०८२ मंसिर ७ गते १७:०४ | Nov 23, 2025
चार महिनामा भित्र्याइयो १६.१५ अर्बको स्मार्ट फोन, १.३९ लाख थान कात्तिकमा आयात

काठमाडौं। स्मार्ट फोनको आयात बढेको छ। चालु आर्थिक वर्ष चार महिनामा ९ लाख ४३ हजार ८२६ थान स्मार्ट फोन आयात गरिएको छ। त्यसमध्ये १ लाख ३८ हजार ९६६ थान स्मार्ट फोन कात्तिकमा आयात गरिएका हुन्।

Tata
GBIME
Nepal Life

भन्सार विभागका अनुसार चार महिनामा आयात गरिएका स्मार्ट फोन १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ मूल्य बराबरका हुन्।

गत आर्थिक वर्ष चार महिनामा १३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ बराबरका ८ लाख २७ हजार ९२५ थान स्मार्ट फोन आयात भएको तथ्यांक छ।