नेपालमा लन्च भयो सामसङ ग्यालेक्सी ट्याब ए११, एलटीइ र वाइफाइ भेरियन्टमा उपलब्ध



बिजमाण्डू
२०८२ मंसिर ५ गते ११:२० | Nov 21, 2025
नेपालमा लन्च भयो सामसङ ग्यालेक्सी ट्याब ए११, एलटीइ र वाइफाइ भेरियन्टमा उपलब्ध

काठमाडौं । सामसङ नेपालले नेपालमा ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

ग्यालेक्सी ट्याब ए११ मा ८.७ इन्चको ठूलो डिस्प्ले जडान गरिएको छ, जसले चलचित्र, खेलहरू, र अनलाइन कक्षाहरूका लागि जीवन्त र आकर्षक हेराइको अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

यसको शक्तिशाली हेलियो जी९९ प्रोसेसर ले सहजरुपमा मल्टिटास्किङ, क्विक एप स्विचिङ  र ल्याग-फ्री स्ट्रिमिङलाई सम्भव बनाउने भनिएको छ।

ग्यालेक्सी ट्याब ए११ पातलो, हल्का बनावटको साथ प्रस्तुत गरिएको भन्दै कम्पनीले यसलाई जहाँसुकै बोक्न सजिलो हुने उल्लेख गरेको छ। यसमा लामो समयसम्म टिक्ने ५१०० एमएएच ब्याट्री रहेको छ।

ग्यालेक्सी ट्याब ए११ ग्यालेक्सी इकोसिस्टमसँग सहजै जोडिन्छ। यसले प्रयोगकर्ताहरूलाई तिनीहरूको स्मार्टफोनहरूसँग ‘सिन्क’ मा रहन, फाइलहरू तुरुन्तै ट्रान्सफर गर्न र सूचनाहरूलाई सहजै व्यवस्थापन गर्न अनुमति दिन्छ। एलटीई भेरियन्टले हिँड्दै गर्दा पनि कनेक्टिभिटी सुनिश्चित गर्ने भनिएको छ।

सामसङले यसमा ७ वर्षको ओएस अपग्रेड  र ७ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराउनेछ। रचनात्मकता, उत्पादकत्व र पारिवारिक जीवनका लागि डिजाइन गरिएको यो ग्यालेक्सी ट्याब ए११ ले स्मार्ट नवप्रवर्तनलाई सबैको पहुँचभित्र ल्याउने कम्पनीको दाबी छ। सामसङ किड्स मोड, इन्ह्यान्स्ड पेरन्टल कन्ट्रोल र बहु ​​प्रयोगकर्ता प्रोफाइलहरू यसमा उपलब्ध छ।

सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी ट्याब ए११ सँग हामी नेपालमा अझ धेरै उपभोक्ताहरूमा सामसङको विश्वसनीय प्रदर्शन र नवप्रवर्तन ल्याउँदैछौं। हाम्रो लक्ष्य विद्यार्थीहरू र युवा पेशाकर्मीहरूदेखि परिवारहरू सम्मका हरेक प्रयोगकर्तालाई भरपर्दो, सुविधायुक्त उपकरणहरू उपलब्ध गराउनु हो। ट्याब ए११ ले हरेक जीवनशैलीमा मिल्ने र प्रयोगकर्ताहरूलाई जहाँ भए पनि धेरै काम गर्न, धेरै सिक्न, र धेरै आनन्द लिन सशक्त बनाउने उत्पादनहरू सिर्जना गर्ने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ।’

सामसङ ग्यालेक्सी ट्याब ए११ एलटीई भेरियन्ट (८जीबी/१२८जीबी) को मूल्य ३०,९९९  रुपैयाँ र वाइफाइ भेरियन्ट (४जीबी/६४जीबी) को मूल्य १९,४९९ रुपैयाँ रहेको छ। यो ट्याब सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ०% ब्याज दरमा पाउन सकिने कम्पनीले जनाइको छ।