एनसेलको एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सुविधासँगै बोनस



बिजमाण्डू
२०८२ कात्तिक २९ गते ०८:०० | Nov 15, 2025
एनसेलको एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सुविधासँगै बोनस

काठमाडौं। सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)लाई रोमाञ्चक बनाउन एनसेलेले फ्यान प्याकहरु ल्याएको छ। एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनसस्वरुप निःशुल्क पाउने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

एनपीएल फ्यान प्याकहरुको समयावधि शनिबार (कात्तिक २९)बाट मंसिर २७ सम्म रहनेछ। अफर प्याकअनुसार ग्राहकका लागि २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक पनि ग्राहकले थप बोनसको फाइदा लिन सक्नेछन्।

बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ।

‘एनपीएल फ्यान प्याकले हाम्रा क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले भने, ‘एनपीएलमा सहकार्य र यो अफरमार्फत हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं।’ एनसेलले यसपटकको एनपीएल संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ।

एनपीएल फ्यान प्याकमा रु. ९९ अनलिमिटेड डेटा, रु. २०० कम्बो, २०० कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, ५९९ होम एन्ड अवे, रु. ५९९ होम एन्ड अवे रिन्यूअल, ९९ अनलिमिटेड अल नेपाल, ९९ अनलिमिटेड अल नेपाल रिन्यूवल, २९९ अनलिमिटेड अल नेपाल र रु. २९९ अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरु छन्।

यी सबै प्याकले प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनस पनि दिनेछ। जस्तै, ९९ रुपैयाँको अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन्। सधैं अन ३९९ र सधैं अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ।

त्यस्तै, ५९९ रुपैयाँको होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब चलाउन पाउनेछन् भने २९९ रुपैयाँको अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेले १ जीबी डेटा बोनस पाउँछन्। यस्तो बोनसको समयसीमा एक दिनको छ।

यसपटक एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी सोमबार (मंसिर १)बाट सुरु हुँदैछ। खेलका लागि मैदान तयार भइसकेको छ भने सहभागी टिमहरु तयार हुँदैछन्।