‘११:११ एनसेल एप क्याम्पेन’, ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क



बिजमाण्डू
२०८२ कात्तिक २४ गते १७:५४ | Nov 10, 2025
‘११:११ एनसेल एप क्याम्पेन’, ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क


काठमाडौं। एनसेलले ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क दिने योजना ल्याएको छ।

Tata
GBIME

कम्पनीले नोभेम्बर ११ अर्थात मंगलबार एनसेल एपमार्फत २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउने योजना ल्याएको हो।

एक दिनका लागि संचालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने अनुभव प्रदान गर्नु भएको कम्पनीले जनाएको छ।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवा हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याक पठाउन पनि सक्छन्।

११:११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको ट्रेन्ड हो। ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटले गर्दा उपभोक्तामा ११:११ को आकर्षण बढ्दो छ।