एनपीएलको दोस्रो संस्करणमा पनि एनसेलको साथ, ‘पावर्ड बाई पार्टनर’का रुपमा सहकार्य



बिजमाण्डू
२०८२ कात्तिक २१ गते १९:०० | Nov 7, 2025
एनपीएलको दोस्रो संस्करणमा पनि एनसेलको साथ, ‘पावर्ड बाई पार्टनर’का रुपमा सहकार्य


काठमाडौं। एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पनि साथ दिएको छ।

Vigo
GBIME
Tata

एनसेलले नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ।

क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले एनपीएलमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित सहकार्य गरेको एनसेलले जनाएको छ। एनपीएलको दोस्रो संस्करण मंसिर १ गते सुरु हुँदैछ।

व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा एनसेल गत वर्ष पनि ‘पावर्ड बाई’ साझेदार थियो ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले एनपीएलमा सहकार्य गर्न पाउँदा कम्पनी उन्साही रहेको बताए।

‘क्रिकेट आज राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो। त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल भन्ने थिमसहित पावर्ड बाई पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौं,’ उनले भने।

एनसेलले आफ्ना ग्राहकका लागि एनपीएलका खेल एनसेल एपमार्फत लाइभ हेर्ने सकिने सुविधा उपलब्ध गराउने बताएको छ।