प्राधिकरणको बिल सच्याउन माग गर्दै पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिजले दियो आयोगमा निवदेन



बिजमाण्डू
२०८२ कात्तिक १४ गते १७:२० | Oct 31, 2025
प्राधिकरणको बिल सच्याउन माग गर्दै पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिजले दियो आयोगमा निवदेन


काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले विभिन्न ३१ वटा उद्योगको लाइन काटेपछि एउटा उद्योग विद्युत नियमन आयोगमा पुगेको छ।

Tata
GBIME
Nepal Life

भैरहवास्थित पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिजले प्राधिकरणले काटेको बिल चित्त नबुझेको भन्दै पुनरवलोकनका लागि शुक्रबार विद्युत नियमन आयोगमा निवेदन दिएको हो।

कम्पनीले शुक्रबार दिउँसो निवेदन दिएको आयोगका सदस्य गौतम डंगोलले जानकारी दिए। ‘कम्पनीले निवेदन दिएको छ। धरौटी रकम कानुन अनुसार तिरे/नतिरेको हरेर हामी निवेदनमाथि आवश्यक प्रक्रिया अगाडि बढाउनेछौं,’ डंगोलले भने।

प्राधिकरणले काटेको बिल चित्त नबुझेमा ५ प्रतिशत धरौटी राखेर पुनरवलोकनका लागि आयोगमा जान पाउने व्यवस्था छ।  सोही व्यवस्थाअनुसार पञ्चकन्याले ५ प्रतिशत धरौटी राखेर बिल फेरिफाइ गर्न आवेदन दिएको हो।

प्राधिकरणका अनुसार पन्चकन्या प्लाष्ट्रिक इण्डष्ट्रिजको नाममा २४ लाख ६३ हजार ८७३ रुपैयाँ बक्यौता छ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम तिर्न प्राधिकरणले असोज १३ गते उद्योगीहरुलाई कात्तिक २ गतेसम्मको समय दिएको थियो। तर दुई वटा उद्योगबाहेकले तिर्न नमानेपछि प्राधिकरणले ४ गते ठूला ६ उद्योग र ८ गते थप २५ उद्योगको लाइन काटेको थियो।