नेक्सजेन म्यानेजमेन्टले पुँजी वृद्धि गर्न आइपीओ निकाल्दै, थप संस्थापक सेयर पनि बिक्री गर्ने



बिजमाण्डू
२०८२ असोज ५ गते १४:१४ | Sep 21, 2025
नेक्सजेन म्यानेजमेन्टले पुँजी वृद्धि गर्न आइपीओ निकाल्दै, थप संस्थापक सेयर पनि बिक्री गर्ने

काठमाडौं। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीको आठौं वार्षिक साधारण सभाले आइपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको हो।

Tata
GBIME
Nepal Life

जारी तथा चुक्ता पुँजी ५० करोड पुर्‍याउन कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो। यसका लागि थप संस्थापक सेयर बिक्री गर्ने र सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानीको प्रस्तावलाई समेत सभाले अनुमोदन गरेको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने प्रस्ताव र आव २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति पनि पारित गरेको छ।

नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको कम्पनी हो। यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा छ।

गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ पनि अंकित मूल्य १०० रुपैयाँभन्दा बढी रहेकोले अब नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र व्यवसाय वृद्धि गर्न लागेको जनाएको छ।