नेपाल बीमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले चार महिनामै किन दिइन् राजीनामा?



बिजमाण्डू
२०८२ साउन ७ गते ११:४४ | Jul 23, 2025
नेपाल बीमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले चार महिनामै किन दिइन् राजीनामा?
राधा पोखरेल। तस्वीर स्रोत : पोखरेलको फेसबुक

काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले राजीनामा दिएकी छन्। पोखरेलले स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसक्ने जनाउँदै सञ्चालकबाट राजीनामा दिएकी हुन्।

Tata
GBIME
Nepal Life

‘व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण सञ्चालक समितिको बैठकमा सहभागी हुन नसक्ने भएपछि राजीनामा दिएकी हुँ,’ उनले भनिन्, ‘सोमबार दिएको राजीनामा स्वीकृत भइसकेको छ।’

अर्थमन्त्री विष्णु पौडेलले गत चैत १ गते चार वर्षका लागि पोखरेललाई प्राधिकरणको सञ्चालक नियुक्त गरेका थिए। पोखरेल विशाल बजार कम्पनीमा पनि सञ्चालक छिन्।

बीमा ऐन, २०७९ ले पाँच सदस्यीय प्राधिकरण सञ्चालकमा एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ। ऐन कार्यान्वयनमा आएको दुई वर्षसम्म सरकारले प्राधिकरणमा महिला सञ्चालक नियुक्त गर्न सकेको थिएन।

अर्थमन्त्री पौडेलले नियुक्त गरेको चार महिनामै पोखरेल प्राधिकरणबाट बाहिरिएकी छन्। प्राधिकरणका अध्यक्ष शरद ओझा अहिले निलम्बनमा छन्। योग्यताको नक्कली कागजात पेस गरेर नियुक्त भएका ओझामाथि छानबिनका लागि सरकारले केही दिनअघि न्यायिक समिति गठन गरेको थियो।

अधयक्षको जिम्मेवारी अहिले अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेलले सम्हालिरहेका छन्। प्राधिकरणका अर्का सञ्चालकमा कानुन मन्त्रालयबाट सहसचिव मानबहादुर अर्याल र बीमितका तर्फबाट सन्तोष रिजाल सदस्य छन्।