सवारी लाइसेन्स प्रणालीमा देखिएको समस्या समाधान, विभाग भन्छ- सबै सेवा सञ्चालनमा

बिजमाण्डू
२०८२ असार २० गते १९:२८ | Jul 4, 2025
सवारी लाइसेन्स प्रणालीमा देखिएको समस्या समाधान, विभाग भन्छ- सबै सेवा सञ्चालनमा

काठमाडौं। सवारीचालक अनुमति सम्बन्धी सेवा शुक्रबार दिनभर बन्दपछि सञ्चालनमा आएको छ।

Tata
GBIME

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र प्रणालीमा देखिएको समस्या समाधान भएकाले सेवा साँझबाट सञ्चालनमा आएको बताएको छ।

विभागका अनुसार लाइसेन्ससँग सम्बन्धित ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली सेवा सञ्चालनमा आएका छन्।

प्रणालीमा आएको समस्याका कारण विभागले लाइसेन्ससँग सम्बन्धित सबै सेवा शुक्रबार अपराह्न अर्को सूचना नभएसम्मका लागि बन्द भएको जनाएको थियो।