
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो स्पेन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन असार १४ गते स्पेन प्रस्थान गरेका ओली शुक्रबार स्वदेश फर्किएका हुन्।
ओलीको स्वागतका लागि शहरी विकासमन्त्री प्रकाशमान सिंह, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र मुख्यसचिव एकनारायण अर्याल त्रिभुवन विमानस्थल पुगेका थिए।
ओलीको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
ओलीको टोलीमा उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायत थिए।
विदेश भ्रमणबाट फर्केलगत्तै विमानस्थलमा संचारकर्मीलाई भ्रमणको उपलब्ध जानकारी गराउने गरेका ओली यसपालि पत्रकारसामु प्रस्तुत भएनन्। ओलीको भ्रमणबारे परराष्ट्र सचिव राईले ब्रिफिङ गरेका छन्।