‘कुलिङ पिरियड’ गायब पारिएको विधेयक राष्ट्रिय सभामा खोजी, विपक्षी दलले भने- आशंका उब्जियो

बिजमाण्डू
२०८२ असार २० गते १५:२७ | Jul 4, 2025
‘कुलिङ पिरियड’ गायब पारिएको विधेयक राष्ट्रिय सभामा खोजी, विपक्षी दलले भने- आशंका उब्जियो
राष्ट्रिय सभाको शुक्रबारको बैठक

काठमाडौं। ‘कुलिङ पिरियड’ गायब पारिएको संघीय निजामती विधेयकको राष्ट्रिय सभामा खोजी भएको छ। विपक्षी दलका सांसदहरुले विधेयक खोजी गरेका हुन्।

Tata
GBIME

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विपक्षी दलका सांसदहरुले टेबल भएको तेस्रो दिनसम्म पनि विधेयक पढ्न नपाएको भन्दै फेरि चलखेल हुन लागेको त होइन भनी प्रश्न गरे।

माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले टेबल भएको तेस्रो दिनसम्म पनि आफूहरुलाई विधेयक उपलब्ध नगराइएकाले अझै बदमासी गर्न खोजिएको त होइन भन्ने प्रश्न उब्जिएको बताए।

‘प्रतिनिधि सभाबाट पास भएको यहाँ १८ गतेको बैठकमा टेबल भएको संघीय निजामती विधेयक हामीले पढ्न पाएका छैनौं। त्यसमा अझै बदमासी कतै हुँदैछ कि के हो? भन्ने एउटा प्रश्न जन्मिएको छ,’ उनले भने।

नेकपा एकीकृत समाजवादीका सांसद डा. वेदुराम भुसालले विधेयक वितरण नगरिनुले आशंका जन्मिएको बताए।

विधेयक अहिलेसम्म हामीलाई वितरण गरिएको छैन। प्रतिवेदन राज्य व्यवस्था समितिमा भएको निर्णय अनुसार बनेन भनेर गडबडीको शंका भएको अवस्थामा हामीलाई यतिका समससम्म किन वितरण गरिएको छैन? यसले अर्को आशंका जन्माएको छ। कतै गायब पार्न लागिएको त होइन?,’ उनले भने।

सांसद गंगाकुमारी बेल्वासे र मृगेन्द्रसिंह यादव विधेयकमा संसदीय समितिले गरेको निर्णयविपरीत गडबडी गर्नेलाई कारबाही गर्न माग गरे।