नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि ६५ करोड ७६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै

बिजमाण्डू
२०८२ असार २० गते १०:३२ | Jul 4, 2025
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि ६५ करोड ७६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । नेपाल इन्योरेन्स कम्पनीले हकप्रदर सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साउन ६ देखि अंकित मूल्य १०० रुपैयाँमा चुक्ता पुँजीको ३४.७८ हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Tata
GBIME

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ छ। कम्पनीका सेयरधनीले साउन २६ गतेसम्म ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।

अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।

इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।