नेपालमा आधिकारिक रुपमा लन्च भयो  भारतको ख्यातीप्राप्त बोट लाइफस्टाइल ब्रान्ड   

बिजमाण्डू
२०८२ असार १७ गते २१:१५ | Jul 1, 2025
नेपालमा आधिकारिक रुपमा लन्च भयो  भारतको ख्यातीप्राप्त बोट लाइफस्टाइल ब्रान्ड   

काठमाडौं। नेपाली बजारमा भारतीय ब्रान्ड बोट लाइफस्टाइल आधिकारिक रुपमा लन्च भएको छ। मंगलबार शार्क ट्यान्क इन्डिया जज र बोट लाइफस्टाइलका  सह-संस्थापक तथा सिएमओ अमन गुप्ताले लन्च गरेका हुन्।

Tata
GBIME

बोट लाइफस्टाइल ब्रान्डको नेपालको लागि आधिकारिक बिक्रेता रमेश कर्पले उत्पादन नेपाली बजारमा बिक्री गर्नेछ।

बोट भारतको नम्बर ख्यातीप्राप्त वेयरेबल ब्रान्ड हो। अन्तर्राष्ट्रिय बजारका रूपमा नेपाल भित्रिएको हो। बोटले नेपालमा पहिले नै निर्भाना सिरिजको उत्पादन बिक्री गर्दै आइरहेको छ।  आधिकारिक रूपमा लन्च भएसँगै आफ्नो उपस्थिति झन् बलियो बनाउने अपेक्षा कम्पनीको छ।

हाइ पफ्रमेन्स एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम निर्भाना सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

बोटका सह-संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, ‘नेपाल हाम्रो लागि विशेष स्थान रहँदै आएको र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं।’

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले  नेपाली बजारमा औपचारिक घोषणा भएसँगै मार्केट बढाउने र राम्रो उत्पादन ग्राहकहरूलाई दिने प्रतिबद्धता जनाए।