नेप्से २८.९१ अंकले बढयो, ७ अर्बको सेयर किनबेच, लगानी र लघुवित्त कम्पनीमा आकर्षण

बिजमाण्डू
२०८२ असार १७ गते १५:४२ | Jul 1, 2025
नेप्से २८.९१ अंकले बढयो, ७ अर्बको सेयर किनबेच, लगानी र लघुवित्त कम्पनीमा आकर्षण

काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन उकालो लागेको छ। नेप्से मंगलबार २८.९१ अंकले बढेको छ। उत्पादनमूलक र व्यापार बाहेकका उपसमूहले नेप्से बढाएर २६६०.३९ विन्दुमा पुर्‍याएका हुन्।

Tata
GBIME

आइतबार र सोमबार गरी नेप्से ३५.७२ अंकले बढेको थियो।

लगानी उपसमूहको सूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले उकालो लागेको छ। यस्तै लघुवित्त उपसमूहको सूचक पनि लामो समय पछि २.२२ प्रतिशतले बढेको छ।

बजारमा २१७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ। ३१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। युनिलिभरको सेयर मूल्य सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ।

बजारमा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सबैभन्दा धेरै ४६ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।