
काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ।
जुलाई १ देखि बजारमा यी बड्स उपलब्ध हुनेछन्। यसमा उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता प्रिमियम फिचरहरू समावेश छन्।
मात्ररु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएकोछ ।
कालो र सेतो रंगमा उपलब्ध हुने ग्यालेक्सी बड्स कोरको मूल्य नेपालमा ७ हजार ३९९ रुपैयाँ तय गरिएको छ।
ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरुको प्रयोग गरि डिप इम्मरसिभ साउन्ड तथा शक्तिशाली ब्यास प्रदान गर्दछ। एक्टिभ न्वाइज क्यान्सिलेसन र कल न्वाइज रिडक्सनको साथमा प्रयोगकर्ताहरूले धेरै हल्लाभएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्ने कम्पनीले जनाएको छ।
यसमा रहेको तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गरेको जनाइएको छ। प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स रहेको छ।
ग्यालेक्सी बड्स कोरमा ग्यालेक्सी एआई इन्टरप्रिटर रहेको छ जसले आमनेसामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ।