
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीले काम गर्न नसकेको दोष कानुनलाई दिएका छन्।
उनले मंगलबार निगमको ६७औं वार्षिकोत्सव कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसामु कानुनी अवरोधका कारण काममा बाधा परेको बताए।
उनले निगमको प्रगतिमा सार्वजनिक खरिद विनियमावली मुख्य बाधक भएको बताए।
‘आफ्नो उद्देश्यअनुरुप सुरक्षित उडानलाई प्राथमिकता दिँदै निगमले सुलभ, भरपर्दो र नियमित सेवा दिंदै आएको छ,’ उनले भने, ‘तर, हाम्रो प्रगतिमा सार्वजनिक खरिद विनियमावली बाधक बनेको छ। खरिद विनियमावलीको व्यवस्थाका कारण हरेक काममा ढिलाइ हुने गरेको छ।’
निगमले जहाज मर्मत सम्भारमा ४ महिनासम्म लगाएको उदाहरण छ।