सेयर बजार ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा, ६ अर्ब ३८ करोडको कारोबार

बिजमाण्डू
२०८२ असार १६ गते १५:३३ | Jun 30, 2025
सेयर बजार ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन उकालो लागेको छ। आइतबार २६.५३ अंकले बढेको बजार सूचक सोमबार ९.१९ अंकले बढेको छ।

Tata
GBIME

नेप्से परिसूचक सोमबार २६३१.४८ विन्दुमा पुगेको छ। कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

उत्पादन तथा प्रशोधन कम्पनीको सूचक सर्वाधिक १.६३ प्रतिशतले बढेको छ। १४५ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। राप्ती हाइड्रोपावरको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।

१०३ कम्पनीको मूल्यमा गिरावट आएको छ। पञ्चकन्या माई हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशतले घटेको छ।

बजारमा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। साहस ऊर्जाको सबैभन्दा धेरै ३६ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, सानिमा माई हाइड्रोपावर ३१ करोड ४७ लाख र बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।