सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको ‘सिटिजन्स सदाबहार योजना’को इकाइ निष्कासन खुला

बिजमाण्डू
२०८२ असार १३ गते ११:५० | Jun 27, 2025
सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको ‘सिटिजन्स सदाबहार योजना’को इकाइ निष्कासन खुला

काठमाडौं। सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको सिटिजन्स सदाबहार योजनाको इकाइ निष्कासन खुला गरिएको छ। असार १३ गतेदेखि १७ गते बैंकिङ समयसम्म योजनाको इकाइ निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

Tata
GBIME

योजनाको कोष प्रवर्धकमा सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड छ। योजनामा ५० करोड रुपैयाँको एसआइपी समेत गर्न सकिने बताइएको छ।

साथै, तोकिएको समयसम्ममा सम्पूर्ण इकाइ बिक्री नभएको अवस्थामा असार २७ गते बैंकिङ समयसम्म अवधि थप गरिने छ। सिटिजन्स सदाबहार योजना खरिद गर्न मेरो सेयर खातामार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने छ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५ लाख इकाइ खरिद आवेदन दिन सकिने प्रावधान छ। साथै, यस योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँडपछि नियमक निकायहरूको नियमानुसार तथा स्वीकृति लिई एसआइपीमार्फत थप इकाइहरू निष्कासनको व्यवस्था समेत मिलाइने कम्पनीले जानकारी दिएको छ।

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत संचालित अन्य योजनाहरूमध्ये प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरका ८ करोड २० लाख इकाइहरू रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ वर्षे बन्दमुखी योजना परिपक्व भइसकेको छ।