
काठमाडौं। विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा मन्त्रालयगत छलफलका लागि दुई दिन तोकिएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मन्त्रालयगत शीर्षकमाथि छलफलका लागि असार १५ र १७ गतेको मिति तोकेका हुन्।
सांसदहरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरुले १७ र१८ गते जवाफ दिनेछन्। विनियोजन विधेयक प्रतिनिधि सभाले असार १० गते पारित गरेकामा राष्ट्रिय सभामा बिहीबार पेस भएको हो।