थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित, फोनवार्ता लिक भएपछि चर्कियो विरोध

बिजमाण्डू
२०८२ असार १७ गते १४:१५ | Jul 1, 2025
थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित, फोनवार्ता लिक भएपछि चर्कियो विरोध

बैंकक। थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो।

Tata
GBIME

थाइ राजनीतिमा रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्ष लामो समयदेखि चल्दै आएको छ। सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन्।

३८ वर्षीया पेटोङटार्नलाई उनका बाबु एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ। पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन।

संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरिन्/गरिनन् भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरेको हो। कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो।

लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरेकी थिइन। उनले हुन सेनलाई ‘काका’ भनिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरिन्। उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो।

फोनवार्ताको रेकर्ड बाहिरिएपछि सिनावात्राविरुद्ध बैंककमा भएको प्रदर्शन । तस्वीर : एपी

विपक्षी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको आरोप लगाए।

‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,’ एक विज्ञप्तिमा भनिएको छ ।

पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ र हजारौंले सप्ताहान्तमा बैंककमा उनको नेतृत्वको विरुद्धमा विरोध प्रदर्शन गरेका छन्। उनका सहयोगीहरूले राजीनामा गरेपछि थाइल्यान्डका राजाले मंगलबार पेटोङटार्नको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरेका छन्।

उनले आफूलाई संस्कृति मन्त्रीको पद तोकेका छन् र बिहीबार यो पद ग्रहण गर्नेछन्। तर संवैधानिक अदालतले अनुसन्धान गरिरहेको बेला उनले उक्त भूमिका लिन पाउने/नपाउने अस्पष्ट छ।

मंगलबार नै थाक्सिन थाइल्यान्डका राजालाई आलोचनाबाट जोगाउन प्रयोग गरिने कडा राजद्रोह कानुन उल्लंघनको आरोपमा बैंककको एक फौजदारी अदालतमा उपस्थित भएका छन्। सन् २०१५ मा थाक्सिनले दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्ताबाट यी आरोपहरू लागेका हुन्। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म जेल हुनसक्छ।

मुद्दा हप्ताौंसम्म चल्नेछ, त्यसपछि कम्तीमा एक महिनासम्म फैसला आउने अपेक्षा गरिएको छैन। अदालतका एक अधिकारीले मंगलबार बिहान थाक्सिनको उपस्थितिमा मुद्दा सुरु भएको पुष्टि गरे तर मिडियालाई भित्र छिर्न अनुमति नदिने बताए।

थाई राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकले भने, ‘दुई मामिलाबीच प्रत्यक्ष निर्विवाद सम्बन्ध छ किनकि सिनावात्रा परिवारको ब्रान्डले गम्भीर आरोपको सामना गरिरहेको छ।’ -एएफपी/रासस