
२०७५ साल वैशाख १ गते, नेपालमा स्थापित ब्राण्ड बाजेको सेकुवाको अमेरिकी पहिलो शाखा न्यूयोर्कको क्विन्समा सुरु हुँदै थियो। नेपालबाट रामकृष्ण ढकालजस्ता नाम चलेका गायकहरु पुगेर धमाकेदार ओपनिङ गर्ने खबरले त्यहाँको नेपाली समुदाय रोमाञ्चित थियो। त्यतिबेलासम्म नेपालमा १३ आउटलेट खोलिसकेको बाजेको सेकुवा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा जान लागेको थियो। त्यसैले बाजेको सेकुवाको स्वाद पाएकाहरुका लागि त्यो अवसर विशेष हुने नै भयो। पर परका स्टेटबाट पनि प्लेनको टिकट काटेर त्यो दिन न्यूयोर्क आउने तयारीमा धेरै नेपालीहरु रहेको खबर संचालकहरुले पाइसकेका थिए।
नेपालस्थित बाजेको सेकुवाका संचालक चेतन भण्डारी पहिलो अन्तर्राष्ट्रिय आउटलेटको सुरुवातका लागि आफैं त्यहाँ पुगेका थिए। अमेरिकाका नेपाली व्यवसायीहरुले फ्रेन्चाइज लिएर संचालन गर्न लागेको त्यो शाखाको लागि कन्सल्टिङ र म्यानेजमेन्टको सम्पूर्ण जिम्मेवारी लिएका थिए शशांक श्रेष्ठले।
शशांक र उनका दाजु निशान्त प्रभात श्रेष्ठको कन्सल्टिङ तथा म्यानेजमेन्ट कम्पनी एभिड पार्टनर्सले न्यूयोर्कको क्विन्समा खुल्ने बाजेको सेकुवाको सम्पूर्ण जिम्मेवारी लिएको थियो। त्यसका लागि उनीहरुको टिमले नेपालमै बसेर दुई महिना लामो अध्ययन गर्दै एसओपी बनाइसकेको थियो। न्यूयोर्क पुगेर त्यो शाखाको ओपनिङ सुखद बनाउन दिनरात खटेका शशांक त्यो दिनको दौडधुप यसरी सम्झन्छन्।
‘कैयन् दिन रेष्टुराको डिजाइन र सेटअपमा नै बित्यो। पहिलो दिन त किचेनमा पकाउनेदेखि बाँड्ने काममा नै भिड्नुपर्यो। नेपालमै पाइने जस्तो स्वादको परिकार बनाउन खसीदेखि मसलासम्म मेहनत गर्नुपर्ने थियो। न त यताबाट मोलमाल गरेर लैजान मिल्ने! खसी किन्नेदेखिकै तयारी अनौठो थियो। बाजेको सेकुवाको फ्रेन्चाइज भएपछि यहीँको स्वाद र मेनु ग्राहकले खोज्ने नै भए। न्यूयोर्कबाट न्यू जर्सी पुगेर खसी ल्याइयो। छाती साना भएका त्यहाँका खसीले ह्याकुलाको माग पुरा गर्नै कठिन,’ उनी सुनाउँछन्, ‘सेकुवा नेपालमा जस्तो आगोमा पोल्न पनि नपाइने नियम रहेछ। त्यो गुणस्तर दिने क्रममा हामीले धेरै नयाँ र अनौठा चुनौतीहरु सामना गर्यौं।’
शशांकले ठमेलका धेरै रेष्टुरेन्टको सेटअप गरिदिएका छन्। रेड कार्पेट, फ्याक्ट्रीजस्ता रेष्टुरेन्टहरु उनकै कन्सेप्टमा तयार भएका थिए।

ओपनिङको दिन रेष्टुरामा थेग्नै नसकिने भीड थियो। लगातार ४ घण्टा त खानेकुरा सर्भ गरेरै सकिएनछ। तीन घण्टाको फ्लाइट लिएर न्यूयोर्क आएको भन्नेहरु पनि थिए। त्यो साँझ १० लाख रुपैयाँको बिक्री भएपछि व्यवसायले सुखद सुरुवात गर्यो।
‘किचेनमा मेन सेफले पकाको पकाई, म प्लेटमा सेकुवा हालेको हाल्यै। चेतनजी भुजिया बाँडेको बाँड्यै। सर्भ गर्न स्टाफहरुलाई भ्याइनभ्याई भयो। ओहो कति केओटिक थियो त्यो दिन!’- उनी नोस्टाल्जिक भए।
शशांकलाई अहिले पनि त्यो अनुभव जीवनकै राम्रो सिकाइ हो भन्ने लाग्छ। आर्किटेक्ट सिद्धार्थ गोपालनले तयार पारेको इन्टेरियरमा पहिलो अमेरिकी आउटलेटको उम्दा सेटअप गरिदिएर शशांकको टिम नेपाल फर्किएको थियो।
हुन त त्यसअघि नै उनले केशरमहलस्थित गार्डेन अफ ड्रिम्समा होटल द्वारिकाजले संचालन गरेको रेस्टुरेन्टको सम्पूर्ण व्यवस्थापन सम्हालिसकेका थिए। २००९ मै उनी इन्टरनेशनल क्लबका जनरल म्यानेजरका रुपमा क्लबको ब्याङ्वेटमा ८-९ सय जनासम्मको इभेन्ट सहजै पार लगाउने गर्थे। उनले दुई वर्ष आइएमई सफ्टवेयरमा सीओओ भएर पनि काम गरेका थिए।
शशांकले ठमेलका धेरै रेष्टुरेन्टको सेटअप गरिदिएका छन्। रेड कार्पेट, फ्याक्ट्रीजस्ता रेष्टुरेन्टहरु उनकै कन्सेप्टमा तयार भएका थिए। हिमालयन जाभाका २०-२२ वटा फ्रेन्चाइज आउटलेटहरु पनि उनीहरुकै कम्पनी एभिट पार्टनर्सले तयार पारिदिएको हो। उनलाई आफ्नो कन्सल्टिङ र म्यानेजमेन्ट कम्पनीको अनुभवले निकै खारिदिएको छ।
साना होस् वा ठूला इभेन्ट, फुड एण्ड वेभरेजसँगै कुशल व्यवस्थापन शशांकको दख्खलको क्षेत्र हो। विद्यार्थीकालदेखि नै शशांकले यस्ता धेरै किसिमका कम्पनीहरुको व्यवस्थापन गरिसकेका छन्। फ्रेन्चाइज म्यानेजमेन्टको लामो अनुभव बटुलेका शशांक यतिबेला आफ्नै स्पेसियालिटी कफीको आउटलेट क्याफेओफिलियामा बसेर यहाँसम्म आइपुग्दाको आफ्नो व्यावसायिक यात्रा वर्णन गर्दैछन्।
होटल म्यानेजमेन्ट सकेर एमबीए गरेका शशांक हस्पिटालिटीका विभिन्न कोर्स डिजाइन गर्छन् र पढाउँछन् पनि। यसले उनको अनुभव र सिकाइको दायरा निकै फराकिलो पारिदिएको छ।

‘कफी गफ’को हाइइण्ड ब्राण्ड क्याफेओफिलिया
क्याफेओफिलिया नेपालमै पहिलो स्पेसियालिटी कफीको प्रिमियम आउटलेट हो। क्याफेको मेन कन्सेप्ट उनकै हो भने उनी यसका को-फाउन्डर हुन्। काठमाडौं कफीसँग मिलेर उनले थालेको यो ब्राण्डले नेपालमा कफीका पुराना मानक र मापदण्डलाई फेरेर वर्ल्डक्लास स्पेसियालिटी कफी चिनाउने शशांकको चाहाना हो।
स्पेसियालिटी कफीलाई अबको लक्ष्य बनाएका शशांकले डेढ वर्षमा ८ वटा आउटलेट तयार पारिसकेका छन् भने चाँडै नै दुई वटा आउँदैछन्। फ्रेन्चाइज मोडलमा गइसकेको क्याफेओफिलियाको ब्राण्डलाई विस्तार गर्नुलाई अबको लक्ष्य बनाएका उनी व्यवसायी मात्र होइनन्, यसै विषयमा दख्खल राख्छन्। होटल म्यानेजमेन्ट सकेर एमबीए गरेका शशांक हस्पिटालिटीका विभिन्न कोर्स डिजाइन गर्छन् र पढाउँछन् पनि। यसले उनको अनुभव र सिकाइको दायरा निकै फराकिलो पारिदिएको छ।
त्यसैले उनी नेपालमा अहिलेसम्म सुरु नभएको स्पेसियालिटी कफीतर्फ लागेको बताउँछन्।
नेपालमा कफी कल्चर त स्थापित भयो तर स्पेसियालिटी कफी बारे भन्ने जान्ने जमात साह्रै सानो छ। कफीका पारखीहरुलाई स्पेसियालियटी कफीतर्फ लैजाने प्यासनका साथ उनले क्याफेओफिलिया खोलेका हुन्।
उनले १ करोड ७० लाख जति खर्चेर बनाएको क्याफेओफिलिया मिनिमलिस्टिक थिममा बनेको छ। यहाँको कम रंगहरु प्रयोग भएको छ भने जति पनि कलाकृति राखिएका छन् त्यो पनि सिंगल लाइन आर्टमा तयार पारिएको छ।
उनले क्याफेओफिललियाको कलर प्याटर्नदेखि भाँडाबर्तनसम्म स्क्यान्डेभियन डिजाइनको बनाएका छन्।
क्याफेओफिलियामा काठमाडौं कफीको स्पेसियालिटी ग्रेन कफी पाइन्छ। विदेशका कफीहरु पनि ल्याइन्छ तर त्यो पनि स्पेसियालिटी ग्रेनकै।

क्याफेओफिलियाको लोगो पनि बीचमा कफी बिन्स राखेर डाँफेको आकृतिमा डिजाइन छ, जुन सिंगल लाइनिङ आर्ट थिममै छ। विभिन्न स्वादका कफी बेच्न राखिएको क्याफेमा डाँफे र कफीको लोगो भएका क्याप टिसर्टहरु बेच्न पनि राखिएको छ।
‘यो त कफीकै गफ गर्न आउने थलो पनि हो।’- शशांकले सुनाए- ‘उपभोक्ता किन कफी खान आउँछन् त्यही मुड अनुसारको कफी खान मिल्छ यहाँ। फरमेन्ट भएको कफीदेखि तीतो नपारिएका कफीहरु यहाँ पाइन्छन् त्यो सबैलाई मन नपर्न पनि सक्छ। तर जो वास्तवमै कफी बुझ्नुहुन्छ वहाँहरु खोजीखोजी आउनुहुन्छ।’
क्याफेओफिलियामा काठमाडौं कफीको स्पेसियालिटी ग्रेन कफी पाइन्छ। विदेशका कफीहरु पनि ल्याइन्छ तर त्यो पनि स्पेसियालिटी ग्रेनकै। काठमाडौं कफीको नुवाकोटमा आफ्नै कफी फार्म छ। त्यहाँको कफी पनि यहाँ आउँछ।
नेपाली बजारमा स्वदेशकै ४० देखि ४४ जिल्लामा उत्पादन भएका कफी आउँछन्। तर उत्पादन गर्ने किसान कसैको राम्रो उचाइ र हावापानीमा भएका जम्मा १० बोट कफी होलान् कसैको उत्पादन बढी तर गुणस्तर कम।

के हो स्पेसियालिटी कफी?
नेपालमा कफी सप धेरै छन् तर स्पेसियालिटीलाई फोकस गरेर कफी बनाउने कफी औंलामा गन्न सकिने छन्।
स्पेसियालिटी कफीमा कफीका दानाहरुको गुणस्तर उच्च हुन्छ। प्रोसेस गर्ने क्रममा जुन जुन मापदण्ड तोकिएका हुन्छन् त्यसअन्तर्गत स्पेसियालिटी कफी ग्रेन हुनका लागि १०० नम्बरमा कम्तीमा ८० नम्बर आएमा मात्र त्यसलाई स्पेसियालिटी कफी भन्न पाइने शशांकले जानकारी दिए।
‘कफीको साइकल हेर्दा बाहिर चेरी जस्तो हुन्छ जसभित्र दाना अर्थात बिन हुन्छ। यो हरियो दाना पहेलो हुँदै अन्तिममा रातो हुन्छ। कोही त पहेलै पाक्छ तर सामान्यतया रातो भएपछि अर्थात पूर्ण पाकेपछि मात्र टिप्नुपर्छ। रातो नहुँदै टिप्दा कफीमा हुनुपर्ने स्वीटनेस विकास हुन पाउँदैन। व्यावसायिक कफी खेती गर्दा एकैपटक सबै कफी टिपिन्छ। हरियो वा पहेलोको स्वाद काँचो घाँसजस्तो मात्र हुन्छ। पूरा रातो भएमा मात्र पूर्ण स्वाद विकास हुन्छ। तर यहाँ हरियो र पहेंलो दाना टिपेर डार्क रोस्ट गरेर बजारमा पठाइन्छ।
नेपालमा अधिकांश त्यही डार्क रोस्ट कफीको बानी परेकाले कफी भनेकै त्यही तीतै स्वाद हो भन्ने हामीलाई पनि परिसक्यो।’ उनले मिहिन रुपले सिकाए- ‘तर तीतो स्वादलाई पर राखेर हामीले हेर्ने हो भने कफी उत्पादन हुने हावा, पानी, उचाइ, माटो, खनिज सबैको स्वाद पूर्ण पाकेको कफीमा पाइन्छ। त्यसलाई प्रोसेसिङ गर्दाको प्रक्रियामा पनि विविध स्वादका कफी उत्पादन हुन्छ। स्पेसियालिटी कफी भनेको चाहिँ तिनै विविध स्वादका कफीहरु हुन् जसमा तीतोका अलावा अन्य धेरै थरीका स्वाद र बास्ना पाइन्छ।’
नेपाली बजारमा स्वदेशकै ४० देखि ४४ जिल्लामा उत्पादन भएका कफी आउँछन्। तर उत्पादन गर्ने किसान कसैको राम्रो उचाइ र हावापानीमा भएका जम्मा १० बोट कफी होलान् कसैको उत्पादन बढी तर गुणस्तर कम।
धेरै मोइस्चर भाको कफी राम्रो मानिदैन डेन्सिटी हेरिन्छ, कफी जसलाई क्युबमा नापिन्छ। खोक्रो बिन्स काम लाग्दैन। अल्टिच्युड जति धेरै भयो त्यति राम्रो हुन्छ कफी, अक्सिजन कम हुँदा धेरै फ्रुटीनेस आउँछ कफीमा।

स्पेसियालिटी कफीमा गुणस्तरीय कफी खोजेर ल्याउनु मात्र होइन त्यसको बनाउने उपकरण र प्रक्रिया पनि फरक र कम्पिलिकेटेड हुन्छ। ग्राइण्ड गर्दा पनि बिनलाई कुन साइजको र कस्तो बनाउने भन्ने निर्धारण गर्नुपर्ने हुन्छ। बिन सुकाउने तापक्रम र भण्डारनको प्रक्रियाले पनि कफीको स्वाद फरक पार्छ।
नेचुरल प्रोसेसमा त्यो रातो चेरीलाई घाममा पूरा सुकाएपछि भित्रको बिनमा सबै स्वीटनेस छिर्छ। कालो भएपछि सुक्छ अनि बोक्रा निकालेर भित्रको बिनलाई रोस्टिङ गरिन्छ। अर्को तरिकामा फरमेन्ट गरेर पनि कफीको फ्लेबर फरक पारिन्छ।
जति अल्टिच्युडमा गयो त्यति राम्रो कफी हुन्छ। जति माथि गयो त्यति राम्रो न्यूट्रिसन पाउँछ भनिन्छ। थोरै कफी फल्छ तर असाध्यै क्वालिटीको फल्छ अल्टिच्युडमा। धेरै मोइस्चर भाको कफी राम्रो मानिदैन डेन्सिटी हेरिन्छ, कफी जसलाई क्युबमा नापिन्छ। खोक्रो बिन्स काम लाग्दैन। अल्टिच्युड जति धेरै भयो त्यति राम्रो हुन्छ कफी, अक्सिजन कम हुँदा धेरै फ्रुटीनेस आउँछ कफीमा।
‘थोरै बोट भएका तर गुणस्तरका ती कफीलाई सिंगल मल्ट ह्विस्की भनेजस्तो हामी सिंगल ओरिजिन कफी भन्छौं। सिंगल स्टेट, सिंगल फार्म हुँदै जतिजति परिधि साँघुरिँदै जान्छ त्यसको गुणस्तर बढी र परिमाण थोरै हुन्छ। त्यस्ता कफीलाई काठमाडौं कफीमार्फत हामी खोजी खोजी ल्याउँछौं। अनि आफै रोस्ट गर्छौं।’- उनले जानकारी दिए।
शशांकको बुझाइमा कुनै पनि कफी नराम्रो भन्ने हुँदैन। तर कुन भेराइटी कहाँ उत्पादन भएको हो कुन उचाइ र कुन हावापानीमा उत्पादन भएको हो भन्नेले त्यसको गुणस्तरमा भने फरक पर्न जान्छ।

स्टारबक्स जस्तै फेमको चाहना
क्याफेओफिलिया फ्रेन्चाइज मोडलमा गइसकेको छ। तर यसका पनि तीन वटा मोडल छन्। क्याफेओफिलिया हाइइण्ड ब्राण्ड हो, जहाँ कफी मात्र होइन मेन कोर्स र मदिरा पनि पाइन्छ।
यसैको अर्को मोडल छ क्याफेमान्डू, जुन क्याफेओफिलिया भन्दा केही सस्तो र लोकल खानाको प्रवर्धन गर्दै बनाइएको क्याफे मोडल हो। क्याफेमाण्डूमा बियर र वाइन पाइन्छ तर क्याफेओफिलियामा जस्तो ककटेल पाइन्न।
अर्को मोडल हो पिकोलो, जहाँ कफी र बेकरी आइटम मात्र पाइन्छ। यी तीन वटै ब्राण्डलाई विविध मान्छेका विविध आवश्यकतालाई हेर्दै बनाइएको शशांकले बताए। ३० लाखदेखि ३ करोडसम्म खर्चेर यी तीन स्तरका ब्राण्डलाई आउटलेटमा बदल्न सकिने अवधारणामा शशांक काम गरिरहेका छन्।
‘हालसम्म स्पेसियालिटी मार्केटमा कफीको फ्रेन्चाइज गर्ने कोही छैन। नेपाल आफैं कफी उत्पादन गर्ने देश हुँदा पनि नेपालीहरुले राम्रो कफी खान पाइरहेका छैनन्। हामी अहिले पनि राम्रो गुणस्तरका कफी निर्यात गर्छौ। बरु बाहिरका ठिकैको गुणस्तर भएका कफी नेपाल ल्याइरहेका छौं। हामी आफ्नै कफीलाई अहिलेभन्दा अझ बढी भ्यालुमा बेच्न सक्छौं। उपभोक्तालाई अहिलेको भन्दा राम्रो गुणस्तरको कफी खुवाउन सक्छौं। यसैमा काम गर्नका लागि म अब पूरै समय कफीमा छु।’- उनले भने।
शशांकको बुझाइमा कुनै पनि कफी नराम्रो भन्ने हुँदैन। तर कुन भेराइटी कहाँ उत्पादन भएको हो कुन उचाइ र कुन हावापानीमा उत्पादन भएको हो भन्नेले त्यसको गुणस्तरमा भने फरक पर्न जान्छ। नेपालमा फल्ने कफीमा अरेबिका रोबस्टा जस्ता जातका कफी प्रजाति छन् जसभित्र पनि बरबन कटुरा पाकामारा टिपिका जस्ता फ्यामिली हुन्छन्। अझ भित्र जाँदा त्यसका पनि हाइयर ग्रेड र लोअर ग्रेड हुन्छन्। त्यसैले तीतो कफी भन्नुभन्दा पनि कफीका फरक फरक स्वाद हुन्छन्।
नेपाली किसानले अहिलेसम्म आम कफीकै रुपमा दाना बेचिरहेका छन्। तर, त्यसको पनि वर्गीकरण गर्दै स्पेसियालिटी कफीका रुपमा प्रोसेस गर्दा किसानहरुले अहिलेभन्दा बढी पैसा पाउँछन्।

उनी भन्छन्-‘कफी खाइसकेपछि मुखमा त्यसको गुलियो पन वा मिठास बसिरहनुर्छ। अमला खाएपछि पानी पिउँदा पाइने मिठास जस्तै बसिरहनुपर्छ। तर भैदिन्छ तीतो।’- त्यो चाहिँ धेरै रोस्ट गर्दा त्यसको स्वीटनेस सबै डढेर तीतोमा परिणत भइसक्नुको असरले हो भन्छन् शशांक। क्याफेओफिलियामा प्रयोग हुने कफी मध्यममात्र रोस्ट हुन्छ। कफीको तीतो र गुलियोपनको फरक बुझ्नका लागि क्याफेओफिलिया पुग्नैपर्ने हुन्छ।
यहाँ कफीको एसिडिटी, बिटरनेस र स्वीटनेसलाई ब्यालेन्स गर्ने गरी रेसिपी तयार गरिन्छ।
‘कफी यौटै भए पनि त्यसलाई हामी जसरी स्टोर गर्छौं, प्रोसेस गर्छौं, जुन तापक्रममा ब्रु गर्छौं त्यसले स्वादमा धेरै फरक पार्छ। हामीकहाँ तीतो वा कडा कफी पिउने मान्छे आउँदैन। तर, यस्ता पारखीहरु हुनुहुन्छ जो स्पेसियालिटी कफी पिउनकै लागि बुटवलदेखि पनि आउनुभएको छ। दुई दिन अघि बुक गरेर पेमेन्ट गरेर विशेष कफीको माग गरेर आउने पनि हुनुहुन्छ।’- उनले सुनाए।
हाल नेपाली बजारमा मिडियम डार्क वा डार्क रोस्ट कफी पाइन्छ। तर क्याफेओफिलियामा मिडियम रोस्टभन्दा माथि जाँदैन कफीको स्वाद। त्यसैले त्यहाँ पाइने कफी तितो हुँदैन।
शशांकको फर्मुला नै हो – ‘कफी धेरै डढाउँदा त्यसको जुन वास्तविक स्वाद हो त्यो मर्छ। कफी पिइसकेपछि त मुखमा गुलियो मिठो बसिराख्नुपर्यो। तीतो अमिलो बस्न हुँदैन।’ हरेक स्पेसियालिटी कफीको विशेषता नै हो यो।
शशांक अब कम्युनिटी कफीमा होइन स्पेसियालिटी कफीमै काम गर्न चाहन्छन्। उनलाई काभ्रे, गोर्खा, गुल्मीको कफी धेरै मन पर्छ।
‘स्टारबक्सले पनि हाइइण्ड कफी निकालेर बेच्न थालिसक्यो। भारतमै स्पेसियालिटी कफीले ३०० भन्दा बढी आउटलेट बनाइसकेको छ। विश्वभरमै हेर्दा स्पेसियालिटी कफी २०/३० प्रतिशत होला तर कुल कारोबार भने ५० प्रतिशत होला जुन असाध्यै राम्रो हो।’-उनले नेपालमा स्पेसियालिटी कफीको सम्भावना देखेरै यसमा होमिएको बताए।
शशांक नेपाली कफीकै बजार विस्तार गरिरहेका छन्। नेपाली किसानले अहिलेसम्म आम कफीकै रुपमा दाना बेचिरहेका छन्। तर, त्यसको पनि वर्गीकरण गर्दै स्पेसियालिटी कफीका रुपमा प्रोसेस गर्दा किसानहरुले अहिलेभन्दा बढी पैसा पाउँछन्। नेपाली कफी प्रवर्धन गर्दै विदेशमा निर्यात गर्ने कामका लागि पनि शशांकले किसानहरुसँग सहकार्य गर्न चाहिरहेका छन्।
शशांक भन्छन्- ‘नेपालले कफीमा हाइ स्कोर गरिसकेको छ। तर हामी यसमा पनि विवध प्रयोग गर्दै स्पेसियालिटी कफीलाई अन्तर्राष्ट्रिय मञ्चममा लैजान चाहन्छौं। मलाई त अन्तर्राष्ट्रिय स्पेसियालिटी कफी एसोसिएसनसम्म जानका लागि आवश्यक मापदण्डको कफी उत्पादन गरी वर्ल्ड कफी कम्पिटिसनमा गएर नेपाल चिनाउन मन छ।’
शशांक आफूलाई वर्कोहोलिक भन्न मन पराउँछन्। कहाँ के अवसर छ भनेर छोप्न उनी खप्पिस छन्। कोरोना महामारीको समयमा लकडाउनको दोस्रो दिनदेखि नै उनले डोनट बनाएर बेच्न थालिसकेका थिए।

अण्डरग्राउण्ड ब्याण्डदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म
सानेपामा जन्मिएका शशांकको बाल्यकाल तराईमा धेरै बित्यो। बुवा सचेत प्रभात श्रेष्ठ नेत्र विशेषज्ञ थिए। उनीहरु सानोमा बुवासँग धरान, लहान हुँदै पोखरा पुगेर एसएलसी र प्लस टु गरे। पढाइमा राम्रो विद्यार्थी भए पनि उनलाई कहिल्यै डाक्टर बन्न मन परेन।
बुवाले पनि उनलाई प्रेसर दिएनन्। बुवाले भनिरहे –’जे मन लाग्छ बन तर जुत्तै बनाए पनि सबैभन्दा राम्रो बनाउनुपर्छ है।’
पोखराको ग्लोबल स्कुलबाट एसएलसी सकेपछि उनको मन घुमघामसम्बन्धी डकुमेन्ट्रीले होटल म्यानेजमेन्टतिर मोडिदियो।
‘हाम्रो त घरमा सधैं औषधिको गन्ध आउने। सधैं बिरामीको वरिपरि मात्र बुवाको समय बित्थ्यो। बिरामीमात्र देखेर हुर्किएको मलाई बुवाजस्तो बन्नु थिएन। म त टीभीमा घुमघाम र खानाका कार्यक्रम असाध्यै हेर्थें। त्यस्तै बन्न मन लाग्थ्यो।’- होटल म्यानेजमेन्ट पढ्नुका कारण उनले यसरी खुलाए।
शशांक आफूलाई वर्कोहोलिक भन्न मन पराउँछन्। कहाँ के अवसर छ भनेर छोप्न उनी खप्पिस छन्। कोरोना महामारीको समयमा लकडाउनको दोस्रो दिनदेखि नै उनले डोनट बनाएर बेच्न थालिसकेका थिए। लकडाउनका बेला खाद्यान्न पसल जाँदा पाउरोटी किन्नेको लाइन देख्दा उनलाई यो आइडिया फुरेको थियो। डोनट बनाउन जानेका एक दाईसँग म्यासेन्जर भिडियोमा सिक्दै बनाउँदै गरेर उनले बजारमा डोनट पठाए। राम्रै बजार पाएको उनको किचेन उद्योग ‘टेस्टी डोनट’ का नाममा अहिले पनि उनले त्यसलाई निरन्तरता दिइरहेका छन्।
‘मैले जुन प्रेसरमा काम गरें। त्यो प्रेसरले नै मलाई आजको दिनसम्म खट्न सिकाएको छ। यति खटेर मात्र म आफूलाई उद्यमीका रुपमा सोच्न थालेको छु।’-उनले भने।

जे गर्ने हो त्यसैमा भिजेर काम नगरे सफल भइन्न भन्छन् शशांक -‘टेस्टी डोनट बनाएर पिपिइ लगाएरै बेच्न गएको थिएँ म। पहिल्यै बनाउन जानेर होइन। सिक्दै बनाउँदै बेच्नेसम्मको काम आफैंले गरें। आफूले नजानी म कुनै पनि काम गर्दिन। जुनसुकै व्यापार होस् पहिले आफूले जान्नुपर्छ। कफीकै लागि पनि मैले रोस्टिङ सिक्न गएँ। आफु रोस्टर भएर मात्र मैले खोलेको हो क्याफेओफिलिया। यहाँ किचेनमा पनि मैले आफैले पकाएर देखाइदिन्छु। रक्सीदेखि कफीसम्म बनाउँछु म। लिडर भएपछि सबै जान्नुपर्छ।’
इन्टरनेशनल क्लबमा जीएम हुँदा पनि ब्यांङक्वेट ह्याण्डल गर्दा बिहान ३ बजे गएर अर्को दिनको १ बजेसम्म खटेर काम गरेको उनले सुनाए। ‘मैले जुन प्रेसरमा काम गरें। त्यो प्रेसरले नै मलाई आजको दिनसम्म खट्न सिकाएको छ। यति खटेर मात्र म आफूलाई उद्यमीका रुपमा सोच्न थालेको छु।’-उनले भने।
कलेज पढ्दै काममा लागेका शशांक त्यतिबेला एक्स्ट्रिम मेटल ब्यान्ड विनासका मेम्बर पनि थिए भन्दा पत्याउनै गाह्रो पर्छ। नाथममा ब्याचलर पढ्दा नै उनीहरुले ‘सेभेन्टी टु आवर्स’ भनेर ब्याण्ड खोलेका थिए, जसले पछि गएर विनाशका रुपमा आफूलाई चिनायो। उनीहरुले धेरै अण्डरग्राउण्ड कन्सर्टहरु पनि गर्थे।
‘अब त समय धेरै फरक भइसक्यो’- उनले आफू भिजेको संगीतको सम्झना त गरे तर अब फेरि गिटार समाउने त्यही समय फर्किएर आउला नआउला!
उनी आफ्नो लक्ष्यमा स्पष्ट छन्-‘गुणस्तरमा सम्झौता नगरी नेपाली स्पेसियालिटी कफीलाई अन्तर्राष्ट्रिय बजारमा लैजानु छ। अबको १० वर्षमा कम्तीमा १०० आउटलेट नेपाल बाहिर नै खोल्छु।’

कुशल व्यवस्थापक बनेर विभिन्न फूड एण्ड वेभरेजका प्रोजेक्टलाई सफलता दिलाएका शशांक अहिले उठेदेखि नसुतेसम्म कफी नै सोच्छन्। क्याफेओफिलिया उनकै भनाईमा यतिबेला उनको प्यासन हो।
अहिले उनी त्यसकै आधार नेपालमै तयार पारिरहेका छन्। काठमाडौं कफीले ललितपुरमा नेपालकै सबैभन्दा ठूलो रोस्टर फ्याक्ट्री निर्माण गरिरहेको छ। आइएसओ सर्टिफिकेट लिनेदेखि ट्रेडमार्क र ब्राण्डमा काम गर्ने र स्पेसियालिटी कफीमै जमेर काम गर्ने योजना भएको उनले बताए।
भारत, अष्ट्रेलिया र अमेरिकासम्म क्याफेओफिलियालाई विस्तार गर्नेसम्मका स्टडी उनी गरिरहेका छन्। उनको आत्मविश्वासले नै भन्छ उनी नेपाली कफीको बजारमा लामो रेसको घोडा बनेर आएका छन्। उनी आफ्नो लक्ष्यमा स्पष्ट छन्-‘गुणस्तरमा सम्झौता नगरी नेपाली स्पेसियालिटी कफीलाई अन्तर्राष्ट्रिय बजारमा लैजानु छ। अबको १० वर्षमा कम्तीमा १०० आउटलेट नेपाल बाहिर नै खोल्छु।’
