बैंकहरुमा तरलता थुप्रिंदा राष्ट्र बैंक हैरान, बोलकबोलमार्फत फेरि ५० अर्ब रुपैयाँ उठाउँदै

बिजमाण्डू
२०८२ असार ११ गते १२:२६ | Jun 25, 2025
बैंकहरुमा तरलता थुप्रिंदा राष्ट्र बैंक हैरान, बोलकबोलमार्फत फेरि ५० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ निक्षेप ६३ दिनका लागि उठाउन लागेको हो।

Tata
GBIME

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज भदौ ११ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको अढाइ २ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

ऋणको माग सुस्त भइ बैंकहरुमा तरलता थुप्रिएका कारण राष्ट्र बैंकले असार ८ गते ६० अर्ब रुपैयाँ खिचेको थियो।