सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, चाँदीको भाउ पनि ओरालो, कतिमा भइरहेको छ कारोबार?

बिजमाण्डू
२०८२ असार १० गते ११:२८ | Jun 24, 2025
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, चाँदीको भाउ पनि ओरालो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं। सुनको मूल्य मंगलबार तोलामा १७०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक लाख ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

सुन सोमबार प्रति तोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला २ हजार १६० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रति औंस ३३४१.०६ डलर र चाँदीको मूल्य प्रति औंस ३६.१२ डलर छ।