काठमाडौं। सुनको मूल्य मंगलबार तोलामा १७०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक लाख ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
सुन सोमबार प्रति तोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला २ हजार १६० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रति औंस ३३४१.०६ डलर र चाँदीको मूल्य प्रति औंस ३६.१२ डलर छ।