
काठमाडौं । नेपाली बजारमा बीवाइडीको डल्फिन २०२५ मोडल सार्वजनिक भएको छ। नेपालमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन आइतबार सार्वजनिक गरेको हो।
सो कार्यक्रममा साइमेक्स इन्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अहिले नेपाली सडकमा २ हजार ५०० युनिट कुदिरहेका बताइन्।
‘हाम्रो कम्पनीले हरेक पटक ग्राहकहरुलाई नयाँ दिने कसिस गरिरहेका छौं। यो पटक डल्फिनमा नयाँ टेक्नोलोजीको विकास भएको लिथियम आयोन फोसफेट ब्याट्री उपलब्ध छ,’ उनले भनिन्।
ल्यो वोल्टेज ब्याट्री र १५ वर्षसम्मको लाइफ भएको ब्याट्रीमा यो भर्सनको गाडी उपलब्ध छ। यसलाई सुरक्षा र दिगोपनको हिसाबमा राम्रो मानिन्छ।
डल्फिन २०२५ मा एनएफ्सी कि लेस इन्ट्री पनि छ। जसले मोबाइलबाटै भेहिकल स्टार्ट अन अफ गर्न सकिन्छ। यस्तै, यसमा बिवाइडी एप पनि इन्स्टल्ड छ।
डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य मोडलको गाडी समान हो।
बीवाइडी डल्फिनमा ४४.९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग गरिएको छ। यसले एक पटकको फुल चार्जमा डब्लुएल्टिपि साइकल अनुसार ३४० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ।
यसमा ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। यसले १८० एनएमको टर्क उत्पादन गर्छ।

बीवाइडी डल्फिनले ‘ओशन एस्थेटिक्स’ डिजाइन कन्सेप्ट अपनाएको छ, जुन आकर्षक र आधुनिक देखिन्छ। यसमा रेगुलर एलईडी हेडलाइट र डाइनामिक टेललाइट डिजाइन छ।
नयाँ डल्फिनको बाहिरी भागमा केही सामान्य परिमार्जनहरू गरिएका छन्। बम्परको तल्लो एयर इन्टेक एरिया र पछाडिको ‘बिल्ड योअर ड्रीम्स लोगोलाई ‘बिवाइडि’ लोगोले प्रतिस्थापन गरिएको छ।
क्याबिनमा १२.८ इन्चको घुम्ने टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ। जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो समर्थन गर्दछ। सामान राख्नको लागि बुट स्पेस ३४५ लिटर छ, जुन पछाडिका सिटहरु फोल्ड गर्दा १,३१० लिटरसम्म विस्तार गर्न सकिन्छ।
६ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि यसमा छ। साथै लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट, रिअर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिक अलर्ट जस्ता फिचरहरु पनि छन।
यसले युरो एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ।