
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई नेताको पदबाट कार्यवाहक शब्द हटेको छ। तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार केन्द्रीय समिति बैठकले पार्टीको यस्तो निर्णय गरेको हो।
बैठकले महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। यसअघि दुवै उक्त पदमा कार्यवाहक थिए।
यसबीच शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो। विभिन्न सहकारीका रकम अपचलन कसुरमा पार्टी सभापति रवि लामिछाने थुनामा छन्। राजनीतिक प्रतिशोध साँध्न सरकारले उनलाई थुनामा राखेको आरोप रास्वपा कार्यकर्ताको छ।
प्रदर्शनका सहभागीहरु विभिन्न प्लेकार्ड बोकेर सहभागी थिए। नेताहरु संसद्मा लगाएजस्तै नीलो खादा लगाएर प्रदर्शनमा सहभागी भएका थिए।