बागमतीले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट, आगामी वर्ष सडकको नयाँ ट्रयाक नखोल्ने

बिजमाण्डू
२०८२ असार १ गते २२:२९ | Jun 15, 2025
बागमतीले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट, आगामी वर्ष सडकको नयाँ ट्रयाक नखोल्ने

काठमाडौं। बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ।

Tata
GBIME

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब  ४ करोड छुट्याइएको छ। पुँजीगततर्फ ४१ अर्ब ४३ करोड विनियोजन गरिएको छ।

गुणस्तरीय पूर्वाधारमा जोड दिएको बजेटले सडकका नयाँ ट्रयाक नखोल्ने नीति लिएको छ। खरको छाना उन्मुलनजस्ता कार्यक्रम ल्याइएको छ।

‘एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय रंगशाला’को कार्यक्रम अगाडि बढाइएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका लागि २४ अर्ब १९ करोड विनियोजन गरिएको मन्त्री काफ्लेले बताए।

कृषियोग्य जमिनमा १२ महिना सिँचाइ पुर्‍याउने योजना ल्याइएको छ।

प्रदेश युवा र खेलकुद परिषद् गाभिएको छ। प्रदेश दुग्ध बोर्ड, सहकारी बोर्डलगायत खारेज गर्ने उल्लेख गरिएको छ।

स्रोतको रुपमा आन्तरिक कर राजस्वतर्फ २८ अर्ब ८७ करोड, अन्य राजस्वबाट ६ अर्ब ८९ करोड प्राप्त हुने अनुमान गरिएको छ।

वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड र चालु आवको सञ्चिती तथा विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड बेहोर्ने अनुमान गरिएको छ।