
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बजेटको विरोध गरेका छन्। गोरखाको बजेट काटिएको भन्दै उनी विरोधस्वरुप संसद्को दर्शक दीर्घामा बसेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशभरका भौतिक पूर्वाधार निर्माणका लागि बजेटको न्यायसंगत वितरण नगरेको सांसद बजगाईले आरोप लगाएका छन्।
पछिल्ला दुई आर्थिक वर्षमा गोरखाका लागि सुनिश्चित गरिएको बजेट काटिदिएको उनको आरोप छ।