वाणिज्य बैंकहरु अधिकांशको ब्याजदर असारका लागि यथावत, कुन बैंकको कति?

बिजमाण्डू
२०८२ असार १ गते ११:३२ | Jun 15, 2025
वाणिज्य बैंकहरु अधिकांशको ब्याजदर असारका लागि यथावत, कुन बैंकको कति?

काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दतीको ब्याजदर यथावत राखेका छन्। जेठ महिनाको तुलनामा असार १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएको हो।

Tata
GBIME

असारका लागि १५ वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्। एभरेष्ट र एनआइसी एसिया, कुमारी, एनएमबि र कृषि विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

असारका लागि पनि एनआईसी एसिया बैंक र एभरेष्ट बैंकको मुद्दतीको अधिकतम ब्याजदर सबैभन्दा धेरै ६.५५ प्रतिशत छ। कममा कृषि र नेपाल बैंकको ५.४५ प्रतिशत छ।

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असोजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्।

कुन बैंकको ब्याजदर कति?

बैंकहरुवैशाखजेठअसार
नबिल५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५५.५५.५
माछापुच्छ्रे
हिमालयन५.५६.२५६.२५
नेपाल एसबिआई५.५५.५५.५
एभरेष्ट६.६१६.६४६.५५
एनआईसी एसिया६.६६.६६.५५
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५
कुमारी५.९२५.९१५.५१
सिद्धार्थ५.७५५.७५
सानिमा५.९५६.३३६.३३
एनएमबि६.६६.६
प्रभु६.१६.१६.१
ग्लोबल आइएमई
सिटिजन५.६५५.६५५.६५
प्राइम कमर्सियल६.२५६.२५६.२५
कृषि विकास५.५१५.५१५.४५
नेपाल बैंक५.१५५.४५५.४५
राष्ट्रिय वाणिज्य बैंक
स्रोत : बैंकहरु