बैकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले डा. कार्कीको संयोजकत्वमा गठन गर्‍यो उपसमिति

बिजमाण्डू
२०८२ जेठ २९ गते १७:४६ | Jun 12, 2025
बैकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले डा. कार्कीको संयोजकत्वमा गठन गर्‍यो उपसमिति

काठमाडौं। बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानका लागि सुझाव दिन नेपाल राष्ट्र बैंकले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेको छ।

Tata
GBIME

राष्ट्र बैंकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको हो। ‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’मा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य छन्।

राष्ट्र बैंक सञ्चालक समितिको गत साता बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो।

उपसमितिले ब्याजदर एकल अंकमा आए पनि कर्जा विस्तार सुस्त रहेको, ऋण असुली प्रभावित भइ खराब कर्जा बढ्दै गएको लगायत समग्र बैकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिनेछ।