
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय सुधारको बाटोमा देखिएको छ। उनीहरुले चालु आर्थिक वर्ष १० महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।
यो लगानी गत असार मसान्तको तुलनामा ७.३ प्रतिशत बढी हो।
पोहोर १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी ४.७ प्रतिशतले बढाएका थिए। त्यो अवधिमा उनीहरुले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष १२.५ प्रतिशतले ऋण लगानी विस्तार हुने प्रक्षेपण गरेको छ। राष्ट्र बैंकको प्रक्षेपण पूरा हुने देखिंदैन।