वाणिज्य बैंकको ब्याज निरन्तर ओरालो, कर्जाको ब्याजदर घटेर ८.११ प्रतिशतमा

बिजमाण्डू
२०८२ जेठ २७ गते १२:११ | Jun 10, 2025
वाणिज्य बैंकको ब्याज निरन्तर ओरालो, कर्जाको ब्याजदर घटेर ८.११ प्रतिशतमा

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिंदा ब्याज ओरालो लागेको छ। वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा आएको छ।

Tata
GBIME

चालु वर्ष चैतमा यस्तो ब्याजदर ८.२२ प्रतिशत थियो। पोहोर वैशाखमा बैंकहरुको कर्जाको औसत ब्याजदर १०.३४ प्रतिशत थियो। पछिल्लो एक वर्षमा बैंकहरुको कर्जाकै ब्याजदर २.२३ प्रतिशत विन्दुले घटेको हो।

बैंकहरुको आधारदर ६.१७ प्रतिशतमा आएको छ। गत वर्ष वैशाखमा वाणिज्य बैंकको आधारदर औसतमा ८.३४ प्रतिशत थियो। चैतमा यस्तो दर ६.२९ प्रतिशत थियो।

बैंकहरुको निक्षेपको ‍औसत ब्याजदर ४.३७ प्रतिशतमा आएको छ। पोहोर १० महिनामा वाणिज्य बैंकको निक्षेपको ब्याज औसतमा ६.३५ प्रतिशत थियो।

चैतमा निक्षेपको औसत ब्याज ४.४५ प्रतिशत थियो। बैंकहरुले साढे तीन वर्षदेखि निरन्तर निक्षेपको ब्याज घटाउँदा कर्जाको ब्याज सस्तिएको हो।