
काठमाडौं। सरकारको चालु खाता र शोधनान्तर स्थिति मजबुत अवस्थामा देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांक अनुसार चालु खाता २५५ अर्ब ९३ करोडले बचतमा छ।
गत वर्ष सोही अवधिमा चालु खाता १९३ अर्ब ३१ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता अहिले १ अर्ब ८९ करोडले बचतमा छ।
१० महिनामा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। पोहोर अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५ करोड भित्रिएको थियो।
शोधनान्तर स्थिति अहिले ४३८ अर्ब ५२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष १० महिनामा
शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोडले बचतमा थियो।