एभरेष्ट बैंकले लियो नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिप, एनसीएचएलसँग सम्झौता

बिजमाण्डू
२०८२ जेठ २७ गते १०:५७ | Jun 10, 2025
एभरेष्ट बैंकले लियो नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिप, एनसीएचएलसँग सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र एनसीएचएलबीच एनपीएस-एनएसीएस र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

Tata
GBIME

सो सम्झौतापत्रमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस-एनएसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।

त्यससँगै बैंक वित्तीय संस्थाहरु एनपीएस-एनएसीएस र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) मा आवद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एभरेष्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्ने कम्पनीले जनाएको छ।

एनपीएस-एनएसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्धन हुने अपेक्षा गरिएको छ।