राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव, असार १० सम्म उपलब्ध गराउन आग्रह

बिजमाण्डू
२०८२ जेठ २६ गते १७:२५ | Jun 9, 2025
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव, असार १० सम्म उपलब्ध गराउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ।

Tata
GBIME

बैंकले सोमबार सूचना जारी गर्दै सुझाव माग गरेको हो। राष्ट्र बैंकले असार १० भित्र आगामी वर्षको मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको हो।

बैंकले हरेक वर्ष मौद्रिक नीति निर्माण गर्न सुझाव माग्ने गरेको छ।