
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकको शाखाले वृक्षरोपण कार्यक्रम गरेको छ।
कार्यक्रम डिभिजन वन कार्यालय भद्रपुरको प्राविधिक सहयोग र प्रगति सामुदायिक वनसँगको सहकार्यमा आयोजना गरिएको हो। मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले बिरुवा रोप्दै कार्यक्रमको उद्घाटन गरेकी हुन्। त्यस अवसरमा उप्रेतीले वायु प्रदूषण बढ्दै गइरहेको भन्दै वातावरणलाई स्वच्छ राख्न वृक्षरोपण कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताइन।
कार्यक्रममा करिब दुई हजार वटा बोटबिरुवा रोपिएको थियो।
स्थानीय बासिन्दा, ग्लोबल आइएमई बैंकका विभिन्न शाखाका पदाधिकारी, र सामुदायिक वनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको बैंकले जनाएको छ।