सिटिजन्स बैंकका ग्राहकले विराटनगरको गोल्डेन हस्पिटलको सेवामा छुट पाउने

बिजमाण्डू
२०८२ जेठ १४ गते १८:२७ | May 28, 2025
सिटिजन्स बैंकका ग्राहकले विराटनगरको गोल्डेन हस्पिटलको सेवामा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगर स्थित गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME

समझदारी अनुसार सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरुले गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको जनाएको छ।