कामना सेवा विकास बैंकले नेपालपे कार्ड प्रदान गर्ने, एनपीएस-एनसीएसमा पनि आबद्ध

बिजमाण्डू
२०८२ जेठ १२ गते १०:०६ | May 26, 2025
कामना सेवा विकास बैंकले नेपालपे कार्ड प्रदान गर्ने, एनपीएस-एनसीएसमा पनि आबद्ध

काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएलबीच एनपीएस-एनसीएस र डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

Tata
GBIME

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत विसकास ढुंगाना र एनसीएचएलबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस-एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु यसमा आवद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात कामना सेवाविकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।

एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिने तयारी छ। उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्धन हुने अपेक्षा कम्पनीको छ।