
काठमाडौं। ‘दक्षिण कोरिया पठाइदिन्छु’ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका-१६ पेप्सीकोला बस्ने सुनसरीको इनरूवा नगरपालिका-७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।
रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको खुलेको छ। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।