यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

बिजमाण्डू
२०८२ बैशाख २९ गते १३:२७ | May 12, 2025
यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने


तम्घास। यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

Tata
GBIME
NLIC

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा संचालन हुँदै आएको छ।

नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु भएको हो। रेसुङ्गा-काठमाडौंका लागि ७ हजार ८० रुपैयाँ र काठमाडौं-रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ भाडादर कायम छ।

खराब मौसम र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा ३ दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए।

निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। रासस