ऋण असुली प्रभावित हुँदा पनि लघुवित्तले २६.०८ प्रतिशतले बढाए नाफा, कुनले कति कमाए?

आकाश बोगटी
२०८२ जेठ १ गते १८:०६ | May 15, 2025
ऋण असुली प्रभावित हुँदा पनि लघुवित्तले २६.०८ प्रतिशतले बढाए नाफा, कुनले कति कमाए?

काठमाडौं। ऋण असुली प्रभावित हुँदा पनि लघुवित्त वित्तीय संस्थाहरुले खुद नाफा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर ऋण असुली सुधार हुन नसकेको समयमा पनि लघुवित्तहरुको खुद नाफा २६.०८ प्रतिशतले बढेको छ।

Tata
GBIME

चालु आर्थिक वर्ष तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका ४९ लघुवित्तमध्ये ३८ वटाले नाफा बढाउँदा ८ वटाको खुम्चिएको छ। तीन लघुवित्तको नाफा भने ऋणात्मक छ।

मातृभूमि, नेष्डो र सामुदायिक लघुवित्तको नाफा ऋणात्मक हुन पुगेको हो। पोहोर ९ महिनामा ७ लघुवित्तको नाफा ऋणात्मक थियो।

४९ लघुवित्तले यो आर्थिक वर्ष चैत मसान्तसम्म ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। पोहोर ९ महिनामा ती लघुवित्तको खुद नाफा ४ अर्ब ८६ लाख रुपैयाँ थियो।

सबैभन्दा धेरै नाफा गर्नेमा छिमेक लघुवित्त छ। छिमेक लघुवित्तले ९ महिनामा ८५ करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ। पोहोर सोही अवधिमा लघुवित्तको नाफा ६४ करोड ३७ लाख रुपैयाँ थियो।

छिमेकपछि साना किसान विकास लघुवित्तले ५४ करोड ५० लाख र डिप्रोक्स लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन्। साना किसानले १.६९ प्रतिशतले नाफा बढाउँदा डिप्रोक्सले भने ७०.८१ प्रतिशत धेरै छलाङ हानेको छ।

त्यसैगरी, सबैभन्दा कम नाफा कमाउनेमा इन्फिनिटी लघुवित्त छ। गत आर्थिक वर्ष ९ महिनामा ५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको इन्फिनिटीले यसपालि ६ लाख ६१ हजार रुपैयाँमा चित्त बुझाएको छ।

अभियान लघुवित्तका सीइओ तेजेन्द्र शर्मा लम्सालले एनएफआरएस अनुसार रिपोर्ट बनाउँदा उठ्न बाँकी ब्याजलाई वित्तीय विवरणमा देखाउन मिल्ने भएका कारण नाफामा सपोर्ट पुगेको बताए।

‘कर्जा पुनःसंरचना गर्न पाउने व्यवस्थाले केही सहज भयो। पुरानो ऋण पुनःसंरचना गरेर अहिले प्रोभिजनिङ घटेको अवस्था छ,’ उनले भने, ‘माइक्रोफाइनान्सको बरोइङ कस्ट घटेको छ। असुली विस्तारै सुधार भइरहेको छ,’ उनले भने।

लघुवित्तहरुको वित्तीय अवस्था

लघुवित्त२०८१/८२
चैतसम्मको नाफा (रु. हजारमा)
२०८०/८१
चैतसम्मको नाफा (रु. हजारमा)
फरक
(प्रतिशतमा)
२०८१ असारको
एनपीएल (प्रतिशतमा)
२०८१चैतको
एनपीएल
(प्रतिशतमा)
एनपीएल फरक
आत्मनिर्भर२१,४६२.१०१२,७०५.१५६८.९२१५.०८११.९४३.१४
डिप्रोक्स४३२,१२३.३०२५२,९८१.६६७०.८१८.६६८.२५०.४१
फर्स्ट७०,६३९.१०१३०,२६०.३७-४५.७७४.७८३.१२१.६६
ग्रामिण२४६,८१३.१०२११,३११.१९१६.८४.४२६.९८-२.५६
गुराँस२७,११२.९०२२,४७८.७१२०.६२३.०१२.६९०.३२
हिमालयन५३,४९१.६०११,३९७.६५३६९.३२५.३४४.६१०.७३
मेरो१२९,३५५.५०१२३,८४२.४५४.४५९.४९७.६११.८८
आरएसडीसी६९,८९७.४०११२,१२१.३३-३७.६६३.१३२.९९०.१४
समाज३,९२१.९०-२,२९८.६२४.४९१०.५३-६.०४
सपोर्ट३०,६४९.१०१२,३४०.४५१४८.३६१.६४१.४७०.१७
स्वाभिमान३५,७३७.५०१,८०१.९७१८८३.२४४.११३.७०.४१
साना किसान५४५,०४०.००५३४५७११.९६२.५५२.४१०.१४
युनिक नेपाल३३,५१९.९०३८,४२९.३५-१२.७८१५.५२११.०५४.४७
उपकार२२,३८०.००७,२९८.००२०६.६६४.९४१.५३३.४१
सूर्योदय७८,६९२.८०२२,९३८.२०२४३.०६५.२६६.२-०.९४
सम्पदा१०७,०५८.७०८६,००५.७६२४.४८६.७१४.८१.९१
समता घरेलु२६,१४८.९०३०,०७०.९०-१३.०४६.५३४.८९१.६४
सामुदायिक-१०,१२४.५०-४५,९५७.५१४.९७९.८६-४.८९
स्वरोजगार१६०,२४२.८०७३,१८४.८०११८.९६५.३९५.७२-०.३३
सृजनशील२३,६९९.००२४,३६८.२०-२.७५९.५८७.३६२.२२
नेरुडे मिर्मिरे५७,९००.८०४४७,००६.१२-८७.०५१४.८१६.६८.२१
एनएमबि२७,५२५.८०-७४,९३५.८३५.५९८.२९-२.७
एनआइसी एसिया१,२९८.५०१,२५५.५१३.४२१३.५५१३.५३०.०२
नेष्डो-११६,०५८.१०४६,०७७.४२२०.९१२.५८८.३२
महुली समुदायिक४०,५५८.९०३२,२८५.१५२५.६३४.९६४.९०.०६
मानुषि९,३३१.१०-७,२००.५९६.३५८.४४-२.०९
मिथिला५३,२३८.५०३०,०५४.३८७७.१४४.६८३.९०.७८
लक्ष्मी५०,२३९.९०४४,४३३.८८१३.०७९.१६७.७६१.४
कालिका६८,०००.००३२,१२६.६३१११.६६५.२७४.९६०.३१
जीवन विकास३५५,६८८.५०२६६,५२९.९७३३.४५४.९७४.७९०.१८
इन्फिनिटी६६१.२५२,५९९.७५-९८.७४१४.३५४.९७९.३८
गणपति२३,३१०.२०८,५७९.१०१७१.७१५.९४४.९४
ग्लोबल१५०,३३१.९०१०७,२३७.११४०.१९४.४८४.११०.३७
विन नेपाल२,५५०.००-४७९७४.९६४.६५०.३१
महुली१०६,७६३.००४०२७७१६५.०७१.८६३.७७-१.९१
मातृभूमि-४३,५४४.००२९०१६९.८४६.४७३.३७
नाडेप७,७०५.००१८११३२५.४६२२.१४९.९८१२.१६
निर्धन४८०,५८२.००१७५८६०१७३.२८९.०९१०.७७-१.६८
स्वावलम्बन१२०,२१२.००११८६२०१.३४९.८९१०.८८-०.९९
विजय७८,०६८.००३३१६६१३५.३९९.५३८.१११.४२
फरवार्ड३६,१८०.५०११६,५६३.१४-६८.९६५.८५८.२६-२.४१
धौलागिरी५,२५६.४०-४९,३४०.९१६.९६४.९३२.०३
सीवाइसी५५,८६२.३०२८,००७.८९९९.४५८.४९४.७४३.७५
अभियान३१,७२७.७०-२२,३३३.८३६.८४४.९२१.९२
आशा६५,५८३.८०३८,८१९.७६६८.९४४.९७४.९५०.०२
छिमेक८५३,५५०.००६४३,७६२.००३२.५९२.६३.०४-०.४४
नेसनल३६२,५३५.००१९०,७५४.००९०.०५३.९१४.३६-०.४५
आरम्भ चौतारी६१,३२६.००१७७३४२४५.८१३.७४.४४-०.७४
स्रोत : लघुवित्त संस्थाहरुले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट

राष्ट्र बैंकले दिएको सहुलियतले प्रोभिजनिङ कम गर्दा नाफामा सुधार देखिएको अर्का एक लघुवित्तका सीइओले बताए।

‘राष्ट्र बैंकले असल कर्जाबापत छुट्याउनु पर्ने प्रोभिजनिङ १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको छ। यसले यसअघि गरेको प्रोभिजनिङ राइट अफ हुँदा नाफा बढाउन सहयोग मिल्यो,’ उनले बिजमाण्डूसँग भने।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत प्रोभिजनिङमा लचकता अपनाएको थियो।

‘कर्जा पुनःसंरचनाको सुविधाले ब्याज आम्दानी बढाउन मद्दत पुग्नुका साथै खराब कर्जा थप बढ्न रोकेको छ,’ ती सीइओले भने, ‘असल वर्गमा रहेको कर्जाको उठ्न बाँकी ब्याजलाई आम्दानीमा देखाउन पाएकाले ब्यालेन्स सिट राम्रो देखियो। तर असुलीमा अझै सुधार हुन सकेको छैन।’

ऋण असुली प्रभावित हुँदा लघुवित्तहरुको खराब कर्जा केही बढेको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यसवर्ष लघुवित्तको खराब कर्जा १.०३ प्रतिशत विन्दुले बढेको छ। लघुवित्तहरुको औसत खराब कर्जा ७.३१ प्रतिशत पुगेको छ।

३५ वटा लघुवित्तको खराब कर्जा बढेको छ। १४ वटाले भने खराब कर्जा घटाएका छन्।

७ वटा लघुवित्तको खराब कर्जा १० प्रतिशत माथि छ। त्यसैगरी, २२ वटा लघुवित्तको खराब कर्जा ५ देखि १० प्रतिशत र २० वटाको ५ प्रतिशत मुनि छ।